Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यबहाक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबहाक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा कार्यबहाक अध्यक्ष पाण्डे र अवेलीबीच भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए ।

राजदूत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेका बताए । उनले क्युबाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्वीवाको पक्षमा बोल्न अनुरोध गरे । उनले अमेरिकाले घोषणा गरेको आतंकारी मुलुकको सूचीबाट हटाउनका निमित्त ऐक्यवद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गरेका छन् ।

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रुपमा लिएको बताए । पाण्डेले आफूहरु क्युबाली जनताको स्वतन्त्रा, सार्वभौमिकता पक्षामा रहेको बताए ।

साथै, पाण्डेले अमेरिकाले क्युबालाई आतंकारी देशको सूचीमा राख्नु बेठिक रहेको बताए । अमेरिकी सरकारसँग क्युबालाई आतंकारी देशको सूचीमा नराख्न अपिल गरेका छन् । उनले भने, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न, थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्वगछौं। शक्तिशाली देश अमेरिको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्वगर्छौं।’  

राजदुत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन निरन्तर भिडिरहेको बताए । क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटमा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिट्ब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्तलगायतका नेताहरूको सहभागिता थियो । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: