काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी शुरू भइसक्दा पनि बुधबार वारागुङ मुक्तिक्षेत्रमा करिब एक घण्टाभन्दा बढी समय हिउँ परेको हो ।
मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीका अनुसार हिमपातका कारण आसपासका नाँगा डाँडाकाँडा फेरि सेताम्मे भएका छन् भने चिसो समेत बढेको छ । यस वर्ष मुक्तिनाथ क्षेत्रमा आठौँ पटक हिमपात भएको हो ।
वसन्त ऋतुको समयमा, जहाँ पालुवा पलाएर प्रकृति गुल्जार हुनुपर्ने हो, त्यस्तो बेला मौसम प्रतिकूल बन्नुलाई स्थानीयले जलवायु परिवर्तनको असरका रूपमा लिएका छन् । वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले बेमौसमी हिमपातका कारण मुक्तिनाथ यात्रामा रहेका दर्शनार्थीलाई असहज हुनुका साथै अन्नबाली र विशेष गरी फुल्दै गरेका स्याउका फूलहरू नष्ट हुने चिन्ता बढेको बताए ।
स्थानीय खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले वैशाख महिनामा हिउँ पर्नु अनौठो र चिन्ताजनक रहेको उल्लेख गरे । हिउँदयाममा हुने हिमपात कृषि र माटोको चिस्यानका लागि फाइदाजनक हुने भए पनि बालीनाली लगाउने र फुल्ने समयमा भएको यो बेमौसमी वर्षा र हिउँले पर्यटन र कृषि दुवै क्षेत्रमा नकारात्मक असर पु¥याउने देखिएको छ । यसअघि नै स्थानीयले हिउँदयामको बिदाइ र बर्खाको स्वागत स्वरूप ‘धछ्याङ’ पर्व मनाइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ०७:३२
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन्...
बैशाख २४ गते, २०८३ - ०७:२९
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले सूचना जार...
बैशाख २४ गते, २०८३ - ०७:२७
चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । ती...
बैशाख २४ गते, २०८३ - ०७:०७
सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । क...
बैशाख २४ गते, २०८३ - ०७:०३
काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी...
बैशाख २४ गते, २०८३ - ०६:५८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ ०८ पै...
बैशाख २४ गते, २०८३ - ०६:५७
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण आज देशभरको मौसममा बदली भई चारवटा प्रदेशमा चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज...
बैशाख २३ गते, २०८३ - २०:३८
झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...
बैशाख २३ गते, २०८३ - २०:२९
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...
बैशाख २३ गते, २०८३ - २०:२४
काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...


प्रतिकृया लेख्नुहोस्: