झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध उनीहरूले दिनहुँजसो नारा जुलुस र विरोध प्रदर्शन गरिरहेका छन्।
दमकसहित विभिन्न स्थानमा बुधबार निकालिएको र्यालीमा सुकुम्वासीहरूले वर्षौँदेखि बसोबास गर्दै आएको ठाउँबाट जबरजस्ती उठिबास गराउन नहुने बताएका छन्। “वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनु अमानवीय हो,” उनीहरूको भनाइ छ।
अखिल नेपाल सुकुम्बासी सङ्घ को आयोजनामा निकालिएको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो। यसअघि कमल गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्वासीहरूले विरोध प्रदर्शन गर्दै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।
झापाकै बिर्तामोड क्षेत्रमा पनि सुकुम्वासीहरू आन्दोलित बनेका छन्। सुकुम्वासी संयुक्त सङ्घर्ष समितिले बसोबास गरिरहेको स्थानमै भूमि स्वामित्व उपलब्ध गराउन माग गर्दै आन्दोलन चर्काउँदै लगेका छन्।
यता स्थानीय तहका जनप्रतिनिधिहरू भने सुकुम्वासीको पक्षमा उभिएका छन्। दमक नगरपालिकाका मेयर रामकुमार थापा ले सुकुम्वासी बस्तीमा डोजर चलाउने निर्णयप्रति असहमति जनाउँदै स्थानीय सरकारलाई ‘प्रशासनको मातहतमा राख्ने प्रयास’ बन्द गर्न चेतावनी दिएका छन्।
त्यस्तै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ले पनि सुकुम्वासी बस्तीमा डोजर नचलाइने स्पष्ट पार्दै भूमिहीनलाई लालपुर्जा दिलाउन संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन्।
सुकुम्वासी बस्ती हटाउने सरकारी अभियान र स्थानीय जनप्रतिनिधिको विरोधबीच झापा ५ मा तनाव बढ्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: