काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ । शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो ।
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जानकारी दिइन् ।
फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको जानकारी उनले दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ ।
तीज विशेष कार्यक्रममा ‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुति गराइएको थियो । कार्यक्रममा निर्णायकका रूपमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए । २२ जना सहभागी रहेको प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ तथा अतिथिहरू नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्व अध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत रहेका थिए ।
कार्यक्रमलाई कन्टीड्रमा, एमआईकेटीएम, आईआईएफटी, केराफिल, लिजाप, हुन्छ डटकम, मल्टी न्युट्रेशन, नेल आर्ट ग्यालरी, सिजन ड्रमा र ट्रू–ड्रमाले सपोर्ट गरेका थिए भने मिडिया पार्टनरका रूपमा कर्पोरेट खबर अनलाइन, ह्वाइट मिडिया, गुड टीभी नेटवर्क, लालीगुराँस अनलाइन, राज्यदैनिक अनलाइन, न्यूजलाइन्सनेपाल अनलाइन र जनसवाल दैनिकले सघाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: