Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

माडीमा अत्यधिक वर्षा: सतर्क रहन प्रशासनको आग्रह

खबरडबली संवाददाता

चितवन ।  चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ ।

यस परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र निचा भू(भागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

'कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना छ,' यादवले भने । 'खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन जरुरी छ ।'

माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठुलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ । यसैबिच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ ।

मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...

धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार

धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...

सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...

निर्वाचनको सुरक्षा रणनीतिबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...

इन्द्रसरोवर तालमा पानी बोक्ने गाडी खस्यो

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...

दोस्रो पटक ४९३ जनाले दिए निर्वाचन प्रहरीमा आवेदन

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुन: दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखा...

सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने

सल्यान। सल्यानमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । विद्युतको पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने स...

सुमो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भए...

महिला टी–२० विश्वकप छनोट: स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने दबाबबीच १४१ रनको लक्ष्य पाएको छ । टस हारेर पह...

मुस्ताङको २७ मतदानस्थलको अनुगमन निरीक्षण

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ ।  उपल्लो मुस्ताङको लो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending