Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

​​​​​​​बुद्धजन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔं:मन्त्री पाण्डे

खबरडबली संवाददाता

लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद बैठकमा कार्यक्रम र बजेट पेश गरिएको हो । 

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरीक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गरेका छन् । यस्तै सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरेका छन् । परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि ब्यापक छलफल गरी लुम्बिनीको प्रवद्र्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ । कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए ।

बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताए । उनले आगामि दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । 

बैठकमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरुको उपस्थिती थियो । 

पर्यटनमन्त्रीले पाण्डेले गरे लुम्बिनी भ्रमण

परिषद बैठकपछि शनिबार दिउँसो संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एव्म लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेयले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको समेत भ्रमण गरे । भ्रमणका क्रममा मन्त्री पाण्डेयले पुरातात्विक महत्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षका बिषयमा चासो राखेका थिए । उक्त अवसरमा उपाध्यक्ष डा. लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका काम लगायतका बिषयमा जानकारी गराए भने कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्धजन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका बिषयमा जानकारी दिए । 

भ्रमणपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री पाण्डेले विश्वभरका मानवलाई सतमार्ग र सदचारमा हिडाउने गौतमबुद्धको भूमिका टेक्न पाउदा निकै उत्प्रेरित बनेको बताए । उनले बुद्धभूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताए । मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरुका विच एकता आवश्यक रहेको बताए ।

उनले परिषद बैठकका सन्दर्भममा स्थानीयहरुका माग र गुनासाहरुको समेत सुनुवाई गरेको बताउँदै अब सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिए । ‘लुम्बिनी संस्कृतीको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो’ मन्त्री पाण्डेयले भने –‘मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ ।’ उनले साँस्कृतिक दृष्टिले उत्कृष्ट स्थल लुम्बिनी र प्रकृतीले सर्वोच्च शिखर सगरमाथालाई जोडे्र पर्यटक आर्कषित गर्न सकिने बताए । मन्त्री पाण्डेले दीप प्रज्वलन समेत गरे । भ्रमणका क्रममा मन्त्रालयका सचिव सहित कोषका पदाधिकारी, बोर्ड सदस्यहरुको उपस्थिती थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: