नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका-३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाई बन्दै गएको छ ।
कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकोले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वन जङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।
सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल गत केही समययता आन्तरिक पर्यटकको पहिलो रोजाई बन्दै गएको देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष महेन्द्र थारुले बताए ।
उनले बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नेका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेकोले यहाँ आउने बढ्दै गएको बताए । पूर्व अध्यक्ष थारुले थपे, ‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन्, अहिले पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन्, यहाँ आएर वन्यजन्तु सहजै हेर्न पाइन्छ ।’
ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटन सम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छन् । तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोत, साधन नहुँदा सो कार्य हुन सकेको छैन । यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न नसक्दा राम्रो पर्यटकीय सम्भावना बोकेको यो तालको सौन्दर्य नै ओझेलमा परेको स्थानीयको गुनासो छ ।
पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लले सुतैया तालले यो क्षेत्रको पर्यटन विकासका लागि धेरै राम्रो सम्भावना बोकेकोले स्थानीय, प्रदेश र सङ्घीय सरकारले लगानी गरेर पर्यटक टिकाउने पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
बैजनाथ गाउँपालिकाले सो तालका लागि हरेक वर्ष केही न केही बजेट छुट्याउँदै आएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सुतैया ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको जनाउँदै स्थानीय सरकारले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको बताए ।
उक्त ताल राजमार्गको छेउमै रहेकोले ताल वरिपरिको सौन्दर्यकरण र भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सकिए नेपालका मात्र नभई ठुलो सङ्ख्यामा भारतीय पर्यटक पनि तान्न सकिने पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: