काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे शनिबार बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन् । अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरी छलफल हुने बताइएको छ ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यस अघि पटक पटक गरेका छलफल निष्कर्षमा पुग्न सकेका छैनन् ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।
सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन् । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।
त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते आइतबारका लागि बोलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाल र साउदी अरबबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौता...
माघ १३ गते, २०८२ - १३:२०
मनिला । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएक...
माघ १३ गते, २०८२ - १३:०८
काठमाडौँ । नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जितेको छ । टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोग...
माघ १३ गते, २०८२ - १२:५६
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमश: आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको छन् । ७४औ...
माघ १३ गते, २०८२ - १२:४८
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको समूह चरणको अन्तिम ख...
माघ १३ गते, २०८२ - १२:०३
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...
माघ १३ गते, २०८२ - ११:५७
धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...
माघ १३ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...
माघ १३ गते, २०८२ - ११:४३
काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...
माघ १३ गते, २०८२ - ११:३१
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...




प्रतिकृया लेख्नुहोस्: