Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु

खबरडबली संवाददाता

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएको छन् । वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएको हो । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री शाहीको भनाइ छ ।

जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने मन्त्री ठकुरीले बताए। वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठुलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ महानगरपालिकाका साथै स्थानीय तह र सम्बन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरूको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बर्ताए । वायु प्रदूषण न्यूनीकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि सधैँ तत्पर रहेको स्पष्ट पारे। अबको समय वायु प्रदूषण नियन्त्रणमा जुट्नुको विकल्प नभएको मन्त्री शाहीको भनाइ छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वातावरण विभागका निमित्त प्रमुख सरिता राईले वायु प्रदूषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभावकारी ढङ्गबाट गरेको बताए। स्वच्छ काठमाडौँ निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताए। धूलोसहित काठमाडौँ निर्माण गर्न जुटेको राईको भनाइ छ । उनले स्वास्थ्य संस्थाको फोहर अनुगमन गर्ने गरेको र मापदण्ड अनुसार फोहोरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारबाही गर्ने उनले जानकारी दिए।

कार्यक्रममा वातावरण विद् भूषण तुलाधरले  विश्वमा ९९ प्रतिशत मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार वायु प्रदूषणकै कारण प्रत्येक वर्ष ८१ लाख मानिसको मृत्यु भएको छ । यीमध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशका छन् । नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण मृत्यु हुनेको सङ्ख्या ४८ हजार पाँच सय रहेको उनले जानकारी दिए।

काठमाडौँमा मात्रै वर्षमा पाँच हजार बढीको मृत्यु वायु प्रदूषणका कारण भएको छ उनको भनाइ छ । उनका अनुसार काठमाडौँमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा ८ गुणा बढी रहेको छ । वायु प्रदूषण बढेपछि सरकारले काठमाडौँ वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ स्वीकृत गरेको छ ।

नेपालमा मृत्युको मुख्य कारण र त्यसमा वायु प्रदूषणको भूमिकामध्ये ६६ प्रतिशत दीर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वासप्रश्वास प्रणालीको सङ्क्रमण, २२ प्रतिशत नवजात शिशुको रहेको वातावरण विद्ध तुलाधरले बताए ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदूषण करिब १८ प्रतिशतले घटेको छ । तर अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा ८ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पुर्‍याउन सके हरेक नेपालीको आयु ३ दशमलव ४ वर्ष र काठमाडौँवासीको उमेर २ दशमलव ६ वर्ष बढ्ने विभिन्न अध्ययनले देखाएको तुलाधर बताउछन् ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीले नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिने बताए।

अधिकारीले भन्नुभयो, ‘‘विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० देखि २०५० को बिचमा जलवायु परिवर्तनले मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख ५० हजार मान्छेको मृत्यु हुनेछ भनी अनुमान गरिएको छ ।’’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वास्थ्य समस्यामध्ये वायु प्रदूषण सन् २०१९ को  सबैभन्दा ठुलो चुनौती थियो । विश्वभरि ९० प्रतिशतभन्दा बढी मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्छन् । प्रदूषणकै कारणले विश्वभरि बर्सेनि ७० लाखको मृत्यु भएको छ । मृत्यु बढी हुनेमा ९० प्रतिशत कम र मध्य आय भएका देशहरूमा हुने गर्छन् ।

वायु प्रदूषणका कारण हावामा हुने किरणले फोक्सोको क्यान्सर गराई ३६ प्रतिशतको मृत्यु गराएको छ । त्यस्तै ३४ प्रतिशतको मस्तिष्क घातबाट मृत्यु भएको छ भने हृदय रोगबाट २७ प्रतिशतको मृत्यु भएको सरकारी तथ्याङ्क भएको डा अधिकारीले बताउनुभयो ।

काठमाडौँमा भने सवारी साधन नै वायु प्रदूषणको प्रमुख कारक हो । हाल जलवायु तथ्याङ्क आदान प्रदान गर्न स्वास्थ्य सेवा विभाग र जल तथा मौसम विज्ञान विभागबिच सम्झौता गरेको डा। अधिकारीले जानकारी दिए।

कान्ति बाल अस्पतालका चिकित्सक डा। जगतजीवन घिमिरेले साउथ एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए।

वायु प्रदूषण उच्च हुँदा बालबालिकामा दीर्घ र तत्काल असर पर्ने उनको तर्क छ ।

उनका अनुसार बालबालिकाको शरीरका अङ्गहरू विकास हुने क्रममा भएकाले बच्चाहरू वायु प्रदूषणको बढी जोखिममा हुन्छन् । अझ पेट भित्र बच्चा बन्ने क्रममा आमाहरू प्रदूषणमा सामेल हुँदा बच्चा बढ्ने प्रक्रिया राम्रोसँग हुँदैन । डा। जगत जीवन घिमिरे भन्न्छन्, ‘‘नेपालमा बच्चाहरू अत्यन्तै प्रदूषणमा बसेका छन् ।’’

२०२४ स्टेट अफ ग्लोबल एयर अनुसार, वायु प्रदूषणका कारण ६ वर्ष मुनिका सात लाख नौ हजार बालबालिकाको मृत्यु भएको थियो । तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका बालबालिकामा हुने सबै विश्वव्यापी मृत्युको १५ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।

डा। मेघनाथ धिमालले हरेक दिन ५ वर्ष मुनिका करिब दुई हजार बालबालिका वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य प्रभावका कारण मृत्यु हुने बताए । तीमध्ये ७० प्रतिशतभन्दा बढीको मृत्यु प्रदूषित इन्धनमा खाना पकाउने घरायसी वायु प्रदूषणका कारण भएको थियो । यसको सबैभन्दा ठुलो प्रभाव अफ्रिका र दक्षिण एसियामा देखिएको धिमालको भनाइ छ ।

डा. धिमाल भन्न्छन्, ‘‘वायु प्रदूषण एक सामाजिक समस्या हो । इँटाभट्टा, ट्राफिक एक्सपोजर (पैदलयात्री बनाम एसी कारका सवार), विद्यालय र बस्तीको छेउमा निर्माण गरिएका कारखानाहरू, सहर भएर जाने सडक र लामो दूरीका ट्रकहरूबाट हुने प्रदूषण मुख्य समस्या हो ।

सेभ द चिल्ड्रेनका वातावरण विद्ध पल्लब रेग्मीले पछिल्ला समयमा वायु प्रदूषणले निम्त्याएको समस्याको विषयमा उजागर गरे। सेभ द चिल्ड्रेनले महिला बालबालिका र सीमान्तकृत वर्गमा वायु प्रदूषणले पारेको असर बारे चेतना जगाउँदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending