Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

आजपाद्वारा आन्दोलनका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । दुई दिनसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलेको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो । 

पार्टीले तय गरेको आगामी आन्दोलनलाई थप बलियो, व्यवस्थित बनाउनका लागि बैठकले विभिन्न प्रदेशको इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकेको अध्यक्ष प्रभु साहले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा जुरीलाल मोचीलाई जिम्मेवारी दिइएको छ । मधेस प्रदेशमा इन्चार्जमा उपेन्द्र साह र अध्यक्षमा उमेश कुशवाहा, बागमतीमा इन्चार्ज ज्ञानेन्द्र तामाङ र अध्यक्षमा रमेश थपलिया, गण्डकी प्रदेशमा इन्चार्जमा तिलक थापामगर र अध्यक्षमा भोजराज त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । 

यसैगरी लुम्बिनी प्रदेशमा इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा नारायण पाण्डेय, कर्णाली प्रदेशमा इन्चार्ज तिलक थापा र अध्यक्षमा सागर पाण्डेय, सुदूरपश्चिम प्रदेशमा इन्चार्ज समिना हुसैन र अध्यक्षमा भीम बुढा क्षेत्री र काठमाडौं उपत्यका विशेष कमिटीको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा देवी पण्डितलाई जिम्मेवारी तोकिएको छ । 

यसैगरी पार्टीको विभिन्न महत्त्वपूर्ण विभागमा समेत जिम्मेवारी तोकिएको छ । जसअनुसार विदेश विभागको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा साजन जयसवाल, स्कुल विभागको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा उदयचन्द्र प्रसाद, प्रचार प्रसार तथा प्रकाशन विभागको इन्चार्जमा चन्द्रभुषण साह र अध्यक्षमा मोहनजंग कार्की, महिला विभागको इन्चार्जमा कान्तिदेवी महतो र अध्यक्षमा सिमल साह, लेखा तथा अर्थ विभागको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा रञ्जु साहलाई जिम्मेवारी बैठकले तोकेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: