Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

प्रभु साहको प्रधानमन्त्रीलाई प्रश्न: गिरी बन्धु टि- स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्डको पैसा कसले खायो ?

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार) देखी सुरु भएको आजपाको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलिय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।

‘बिचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका थिए । तर सता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउँनका लागेकाछन’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउँन मिलेका हुन् ।’

निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरुले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ । ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ । तर यिनीहरुले जुन कुरा दिन्छु भनेर मत मागे त्यसको विपरित काम गरेपछि के जनतासंग लिएको मत फिर्ता गर्नुपर्दैन् ?’ साहले प्रश्न गरे । 

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि–स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखी टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यि नेताहरु के दालभात मात्रै खाएका हुन त ? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू ? अनि तपाईहरुले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुडिखेलका ति सोझा युवाहरु असभ्य भए, संस्कार भएन भन्ने । अनि के तपाईहरुले जुन देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो ?’

कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन् । आजपा अध्यक्ष साहले आफैले बनाएको संविधान कार्यान्वयन नहुदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासंग माफी माग्नुपर्ने बताए । आफैले उत्कृष्ठ संविधान बनाएको भन्दै गर्भ गर्ने नेताहरुले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्ता संविधान खारेज गर्नुपर्ने उनले बताए ।  

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको बताए । ‘हरेक बस्तुमा मनलाग्दी कर सरकारले लिईरहेको छ । हरेक बस्तुको महंगी बढदै गईरहेको छ । घर चलाउँन धौधौ भईरहेको छ । जनता लुटने यि नेताले अहिले लुटतन्त्र मचाएका छन् । यसरी मुलुक समृद्ध हुनसक्दैन्’ साहले भने, ‘नेपाली नागरिकत्ता त्यागेर विदेश बसेकाको सम्पती कहाँ छ ? कति छ सरकारले भन्नु पर्यो । लुटेरा नेताहरुले देश चलाएपछि भ्रष्टाचार बढेको हो । अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारवाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिती, भ्रष्टाचारको बिरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका छौं ।’

दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय गर्ने बारेमा गम्भिर छलफल हुदैछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष साहले त्यसबारेमा अगामी कार्ययोजना समेत बैठकमा पेश गर्दैछन् । 

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन शसक्त र कडा बनाउँने योजना सहित अगाडी बढने बताए । बैठकमा सोही बिषय केन्द्रीत विषयमा गम्भिर छलफल हुने उनले बताए । 

बैठकमा आजपाले विगतका दिनमा गरेको बिभिन्न आन्दोलनको बारेमा समिक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, वैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समिक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउँने र अगामी दिनमा कसरी अगाडी बढाउँने बारेमा समेत छलफल र योजनाको बनाउँने काम हुनेछ । 

यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै शसक्त बनाउँने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउँन सकेको छैन् । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए । 

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समिक्षा गर्दै अगाडी बढने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रीत कार्यविभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए । नेताहरुलाई आन्दोलनको बिभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रीत नेताहरुकोज्ञटं कार्यविभाजन गर्दै शसक्त रुपमा अगाडी बढने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE