खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिएको थिए। तीमध्ये तीनजना असफल भएको छन् भने एक जनाले मात्र निर्वाचनमा सफलता हासिल गरेको छन्।
झन्डै दुई वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका तीनजना उम्मेदवारको सङ्घीय संसदुमा जाने सपना अधुरै रह्यो । त्यसरी राजीनामा दिनेहरुमा बाँके–१ (क)बाट निर्वाचित तत्कालीन नेकपा माओवादी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी नमुना, दाङ–३ (ख)बाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बर्दिया– २ (ख)बाट नाउपाबाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देही–४ (क) तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बनिया रहेको छन्।
राजीनामा दिएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै प्रतिनिधिसभामा निर्वाचित भएको छन् । २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ ९क०बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका बनियाँले यसपटकको चुनावअघि आबद्ध पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएको थिए।
बनियाँ २८ हजार ६६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार दुई ६२ मत प्राप्त गरेको थिए।
तर प्रदेशसभा सदस्यबाट राजीनामा दिइ प्रतिनिधिसभा सदस्य हुन खोजेका नमुना, मास्की र चौधरीको आकाङ्क्षा भने पूरा भएन । तत्कालीन माओवादीबाट विजयी हुनुभएकी नमुना यसपटक बाँके १ बाटै उम्मेदवार बनेको थिए । तर उक्त क्षेत्रबाट रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार सात सय ९२ मत प्राप्त गरी निर्वाचित हुँदा केसी एक हजार दुई ४० मत मात्रै पाएर छैटौँ स्थानमा रहे ।
कांग्रेस–माओवादीसँगको गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका तत्कालीन माओवादी केन्द्र हाल नेकपामा धनबहादुर मास्की दाङ–३ बाटै उम्मेदवार थिए। उक्त क्षेत्रबाट रास्वपाका कमल सुवेदी ४४ हजार दुई सय ४८ मतसहित निर्वाचित हुँदा चौथो स्थानमा रहेका मास्कीले नौ हजार तीन सय २८ मतमात्रै प्राप्त गरे।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य चुनिएका चौधरीले यसपटक उज्यालो नेपाल पार्टीमा महामन्त्री पदसहित संलग्न भई बर्दिया २ बाटै उम्मेदवारी दिएको थिए । जहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मतसहित निर्वाचित हुँदा पाँचौँ स्थानमा रहेका चौधरीले चार हजार चार सय ७२ मत मात्रै पाए।
निर्वाचनमा पराजित भएका धनबहादुर मास्की, कृष्णा केसी नमुना र धर्मराज चौधरी प्रदेश सरकारका पूर्वमन्त्री समेत थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १२:१०
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...
जेष्ठ २० गते, २०८३ - ११:३३
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...
जेष्ठ २० गते, २०८३ - ११:२१
काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...
जेष्ठ २० गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:२०
बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...
जेष्ठ २० गते, २०८३ - १०:०८
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...
जेष्ठ २० गते, २०८३ - ०९:५०
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...



प्रतिकृया लेख्नुहोस्: