इलाम । इलाम नगरपालिका –४ ले आफ्नो वडामा पर्ने पुवा खोलामा मानव शवको अन्तिम दाहसंस्कारमा गाडीको टायर तथा प्लाष्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
प्रायः धेरै स्थानमा पछिल्लो समय मानव शरीरको दाहसंस्कार गर्दा चाँडो शव जलाउँदा घाटहरुमा दाउरासँगै टायर र प्लाष्टिकजन्य पदार्थको प्रयोग गर्ने गरिएको छ । तर टायर र प्लाष्टिकजन्य पदार्थले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने भएकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध गरेर परम्परागत ढङ्गबाट शव जलाउन सबैलाई आग्रह गरिएको इलाम –४ का वडाध्यक्ष नुतनदेव दुलाले बताए ।
‘पछिल्लो समय टायर हालेर आगो लगाउने र शव जलिनसकि छाडेर हिंड्ने प्रचलन बढेकाले समुदायमा त्रास बढ्ने र त्यस कार्यले वातावरण प्रदुषणमा समेत असर गरेको पाइयो’ इलाम नगरपालिका प्रवक्ता समेत रहनु भएका दुलालले भने, ‘टायर र प्लाष्टिकको धुँवाले मानव शरीरमा क्यान्सर, दम, मुटुरोग लगायतका प्राणघातक रोग लाग्ने हुँदा सबैलाई सचेत गराइएको छ ।’
दुलालले पुरानै अर्थात, कपुर, घ्यु, तोरी, तिल, चिनीको प्रयोग गर्न र शव सक्किएपछि चित्ता पखालेर मात्र छोड्न आग्रह गरे । शवको दाहसंस्कार गर्न सहयोग आवश्यक परे जनप्रतिनिधि र टोल विकास संस्थाले समेत सहयोग गर्ने बताइएको छ । वडा कार्यालयले सार्वजनिक सूचना निकालेर समुदायलाई शव जलाउने विषयमा सचेत गराएको छ ।
पुवा खोलामा मात्र नभइ इलामकै माई, जोगमाई र देउमाई, फाकफोक लगायतका ठुला खोलामा मानव शव जलाउने गरिएको छ । प्रायजसो शव जलाउँदा भने टायरको प्रयोग हुने गरेको समेत पाइन्छ । अन्य खोलामा पनि शव जलाउन प्रयोग हुने टायर र प्लाष्टिकजन्य पदार्थलाई कडाइ गर्न आवश्यक रहेको प्रवक्ता दुलाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: