काठमाडौं । कविताको लघुतम विधा हाइकु र सेन्युमा आधारित ‘तृषित मन’ नामक कृति लोकार्पण गरिएको छ। ६६ वर्षीय हाइकुकार प्रदीप केसी (सञ्जेल) द्वारा लिखित उक्त सङ्ग्रहमा ९५८ वटा हाइकु तथा सेन्यु समावेश गरिएका छन्।
स्वयम्भू कारखानाचोकस्थित क्वालिटी दरबार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक तथा कवि डा. मधुसूदन गिरी ले कृतिको लोकार्पण गरे।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै डा. गिरीले हाइकु र सेन्युलाई बौद्धिक जटिलताभन्दा सरल, सहज र जीवनसँग जोडिएको शैलीमा सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे। उनले हाइकु प्रकृतिलाई हेर्ने जीवनदर्शन भएको उल्लेख गर्दै नेपाली मौलिकता, माटो र समाजको सुगन्ध रचनामा झल्किनुपर्ने बताए। प्रदीप केसीका हाइकु तथा सेन्युमा समाजका विविध पक्ष समेटिएको भन्दै उहाँले ‘तृषित मन’को महत्त्व त्यहीँ रहेको उल्लेख गरे।
कार्यक्रमका विशेष अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य तथा नेपाल हाइकु सङ्घ का केन्द्रीय अध्यक्ष चेतनाथ धमला ले हाइकु र सेन्युको संरचना, सृजनात्मकता तथा लघुतम साहित्यिक विधाको महत्त्वबारे प्रकाश पारे। साथै उनले कृतिकार प्रदीप केसीको रचनाधर्मिताको पनि चर्चा गरे ।
कार्यक्रममा सुधीर ख्वबी, सृजना सरोवर तथा रामचन्द्र खत्री ले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए। कृतिकार प्रदीप केसीले आफ्नो सिर्जनामा प्रकृति, धार्मिक तथा सांस्कृतिक पक्षलाई आत्मसात् गरेको बताए। कार्यक्रममा उनलाई शुभेच्छुकहरूले सम्मानसमेत गरेका थिए।
प्रतिभा विष्ट को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाशक संस्था ऐरावती प्रकाशन का अध्यक्ष तथा कवि रामदेव पाण्डे ले सञ्चालन गरेका थिए।‘तृषित मन’ले नेपाली हाइकु तथा सेन्यु साहित्यमा नयाँ आयाम थप्ने विश्वास कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: