Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ताप्लेजुङ गोल्डकप: सगरमाथा युथ क्लब मोरङ फाइनलमा

खबरडबली संवाददाता

ताप्लेजुङ । आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको सेमीफाइनलमा सङ्घर्ष स्पोर्टिङलाई २–१ को गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको समयावधिमा दुवै टोली एक-एक गोल बराबरीमा रोकिएका थिए । थप भएको १५ मिनेटको अतिरिक्त समयमा सगरमाथा युथको तर्फबाट गोल गर्न सफल भएपछि मोरङले फाइनल यात्रा सुनिश्चित गरेको हो । 

मोरङको जितका लागि खेल सुरु भएको ९ औं मिनेटमा र थपिएको अतिरिक्त समयमा दुवै गोल मिलन राईले गरे । दुवै टोलीले तीब्र प्रतिस्र्धात्मक खेल प्रदर्शन गरेको भए पनि अतिरिक्त समयमा गोल गर्न नसक्दा सेमीफाइनल खेलेर सङ्घर्षको प्रतियोगिताको यात्रा टुङ्गिएको छ । क्वार्टरफाइनलमा भारतको सिलिगुढीलाई पराजित गर्दै आयोजक टोली सङ्घर्ष स्पोर्टिङ र बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई पराजित गर्दै मोरङ विजयी भएका थिए । 

शुक्रबारको खेलमा मोरङका मिलन राई सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै राईले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । अब शनिबार हुने दोस्रो सेमीफाइनल खेल बिर्तामोड युनाइटेड फुटबल क्लब झापा र सलहेश युवा क्लब सिराहाबिच हुने छ । बिर्तामोडले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र सिराहाले पाँचथर फुटबल क्लबलाई हराउँदै सेमीफाइनलमा पुगेका हुन् ।

यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भदौ १० गते सोमबार हुने छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending