काठमाडौं । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् ।
मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । प्यूठानस्थित गर्जेनीमा भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । मोरङको चतरा-मुलघाट-माझीटार-अमापु डाँडा-गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ ।
यसैगरी सुर्खेत तल्लो ढुङ्गेश्वर-सातखब्बा-दुल्लु-पिपलकोट-खुलालु-मन्मा-नग्मा-जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रुपमा नै अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । यसैगरी तानसेन-रिडी-कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ ।
भूगर्भविद डा.सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदासमेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिए । “अविरल वर्षाका कारण माटो गलाएको छ । अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ”, उनले भने, “त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: