Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

'नाकाबन्दी र भुराजनिती' पुस्तक ल्याउदै कमल थापा

खबरडबली संवाददाता

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष पुर्बउपप्रधानमन्त्री कमल थापाको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ।  पुस्तक भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक गर्ने गरि तयारी गरिएको जनाईएको छ ।

थापाले पुस्तकलाई ६ खण्डमा बाढिएको र परराष्ट सम्बन्धि विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताए । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । बिशेषगरि नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपुर्बक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट बिषयबस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सिमा समस्या, चिनसङ्गको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरु संगको भेट  लगायतका बिषयबस्तुलाई पुस्तकमा समाबेश गरिएको उनले जानकारी दिए ।

उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए ।

नेपाल(भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए । लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री थिए ।

थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा स् एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन् । पुस्तक सम्बर्धन पब्लिकेशन्सले प्रकाशित गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिबार्य बनाइँदै, जारी हुदैँ निर्देशिका

काठमाडौं। सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी स...

माधव नेपालबाहेक समाजवादीका सबैलाइ एमालेमा स्वागत छः शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको बताएका छन । माध...

प्रचण्डले मागे ओलीको राजिनामा

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक द...

नेकपा एसले मन्त्री बनाएकाे भोलीपल्टै ४-५ करोड माग्छः बिश्वमणी सुबेदी

काठमाडौं। एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छ...

रबिको प्रतिरक्षामा उत्रिदैँ प्रतिपक्षीले भने, ‘सरकार भ्रष्टाचारी जोगाउन लाग्यो’

काठमाडौं । सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओ...

बिपक्षी ७ दलले भने, ‘सरकारले थ्रेस होल्ड बढाउन लाग्यो, हाम्रो बिरोध छ’

काठमाडौं। सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओल...

विपक्षी दलको ठहर: अध्यादेश ल्याउने कदम ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश'

काठमाडौं । सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओ...

सरकारबिरूद्द बिपक्षी दल आक्रामक: तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौं

काठमाडौं। सरकार बिरूद्द बिपक्षी ६ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ६ बिपक्षी दलले केपी ओल...

१५ दिन भित्र संसद अधिवेसन बाेलाइदैँछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचाम...

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच चार वर्षदेखिको विवाद सुल्झियो

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy