Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेपाल बैंकमा सर्वसाधारणलाई ऋण दिनेबारे योजना बनाइरहेको छः विवेक शमशेर

खबरडबली संवाददाता

रौतहट । नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य विवेक शमशेर जबराले सर्वसाधारण मानिसलाई पनि ऋण कर्जा दिनेबारे छलफल भईरहेको बताएका छन्।

कारोवार भएकालाई मात्र कर्जा प्रवाह गरिने सर्वसाधारण मानिसलाई नपाउने गुनासो बढेको कारण बैंक सञ्चालक समितिमा छलफल संगै कर्जा प्रवाह गर्ने बारे योजना बनाइरहेको जबराले स्पष्ट पारेका छन्।

रौतहटको कटहरिया स्थित नेपाल बैंक लिमिटेडले बिहीवार आयोजना गरिएको उदघाटन समारोहका  प्रमुख अतिथि जबराले नवनिर्मित भवनको उदघाटन गर्दै उक्त कुरा बताएका हुन्। रौतहटको तत्कालीन पुरेनवा गाविसमा जन्मेको र ३८ बर्ष पछि प्रमुख अतिथिको रुपमा आएर बोल्न पाउँदा अत्यन्तै खुसी लागेको उनको भनाई थियो।

नेपाल बैंक जनताकै बैंक भएकाले यसलाई अगाडी बढाउने जिम्मा पनी जनताकै रहेको जबराले बताएका छन। नेपाल बैंक र बाणिज्य बैंक बाट कर्जा लिएर समयमा चुक्ता नगरेकै कारण २० बर्ष अघि झण्डै बन्द हुने अवस्थामा पुगेको चर्चा गर्दै अब पुनः त्यस्तो अवस्थामा न आउन दिन हामी सबैको दायित्व रहेको जबराले बताएका थिए। यी दुई बैंक यदी कुनै कारणले बन्द हुन्छ भने त्यसको असर सरकारसँगै सबै माथि पर्ने उनले चेतावनी दिएका थिए।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले देशभरिमा बैंकको २१९ शाखा र २०५ एटीएम सञ्चालनमा रहेको बताएका छन। उनले बैंकमा ६१ प्रतिशत सरकारको तथा ३९ प्रतिशत जनताको लगानी रहेको बताउँदै अहिले आधुनिक बैंकिङ सेवा दिइरहेको नेपाल बैंकमा जनताको २५० करोड रकम जम्मा रहेको जानकारी दिएका थिए। कुनै परियोजनाको लागी कर्जा लिनुपर्दा सानो लगानीमा शाखाले १५ दिन भित्र र ठूलो लगानीमा केन्द्र बाट १ महिना भित्र स्वीकृति हुनुपर्ने स्पष्ट पारेका थिए।

नेपाल बैंकका मधेश प्रदेश प्रमुख प्रदीप पाठकले प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने लक्ष्यका साथ संचालित बैंकमा स्थानिय प्रबंधक, कर्मचारीले कुनै प्रकारले अनावश्यक आर्थिक लाभ लिन खोजेमा , बदमासी गरी हैरान गर्न खोजेमा सीधा आफूहरु लाई सम्पर्क गर्न ग्राहक संग अनुरोध गरेका थिए। गलत नियत राखेर काम गरेको जानकारी आएमा त्यस्ता कर्मचारीलाई नियमानुसार कडा कारवाहीको चेतावनी दिएका थिए।

उदघाटन कार्यक्रममा न्युज कारखानाकर्मी सञ्जय मिश्रा,कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाह, क्याम्पस प्रमुख गजेन्द्र यादव, ब्यापारीहरु योगेन्द्र साह, नसरुदिन अन्सारी, महाशक्ति निराला, सरोज यादव लगायतकाले द्वन्दकालमा बिस्थापित बैंक लाई पुनः स्थापित गराउन जिल्लामा कैयौँ पटक आन्दोलन गर्नुपरेको तथा पटकपटक काठमाडौं सम्म धाउनु परेको जिकिर गरेका थिए। कटहरियामै बैंक सञ्चालन हुँदा घरमै बसीबसी सम्पूर्ण सेवा पाएको बताउँदै बिगतमा केही कर्मचारीले बिना कमिसन कर्जा लगानी नगरेको गुनासो गरेका थिए।

जिल्लाको चर्चीत बजार कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवन पाएको छ।  २०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि गत आईतवार देखी आफ्नै भवनमा सञ्चालनमा आएपनि औपचारिक रूपमा आज उदघाटन भएको छ।

वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड ६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन।

२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६१ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो।

देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७१ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ। हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन।

कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending