Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

नेपाल बैंकमा सर्वसाधारणलाई ऋण दिनेबारे योजना बनाइरहेको छः विवेक शमशेर

खबरडबली संवाददाता

रौतहट । नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य विवेक शमशेर जबराले सर्वसाधारण मानिसलाई पनि ऋण कर्जा दिनेबारे छलफल भईरहेको बताएका छन्।

कारोवार भएकालाई मात्र कर्जा प्रवाह गरिने सर्वसाधारण मानिसलाई नपाउने गुनासो बढेको कारण बैंक सञ्चालक समितिमा छलफल संगै कर्जा प्रवाह गर्ने बारे योजना बनाइरहेको जबराले स्पष्ट पारेका छन्।

रौतहटको कटहरिया स्थित नेपाल बैंक लिमिटेडले बिहीवार आयोजना गरिएको उदघाटन समारोहका  प्रमुख अतिथि जबराले नवनिर्मित भवनको उदघाटन गर्दै उक्त कुरा बताएका हुन्। रौतहटको तत्कालीन पुरेनवा गाविसमा जन्मेको र ३८ बर्ष पछि प्रमुख अतिथिको रुपमा आएर बोल्न पाउँदा अत्यन्तै खुसी लागेको उनको भनाई थियो।

नेपाल बैंक जनताकै बैंक भएकाले यसलाई अगाडी बढाउने जिम्मा पनी जनताकै रहेको जबराले बताएका छन। नेपाल बैंक र बाणिज्य बैंक बाट कर्जा लिएर समयमा चुक्ता नगरेकै कारण २० बर्ष अघि झण्डै बन्द हुने अवस्थामा पुगेको चर्चा गर्दै अब पुनः त्यस्तो अवस्थामा न आउन दिन हामी सबैको दायित्व रहेको जबराले बताएका थिए। यी दुई बैंक यदी कुनै कारणले बन्द हुन्छ भने त्यसको असर सरकारसँगै सबै माथि पर्ने उनले चेतावनी दिएका थिए।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले देशभरिमा बैंकको २१९ शाखा र २०५ एटीएम सञ्चालनमा रहेको बताएका छन। उनले बैंकमा ६१ प्रतिशत सरकारको तथा ३९ प्रतिशत जनताको लगानी रहेको बताउँदै अहिले आधुनिक बैंकिङ सेवा दिइरहेको नेपाल बैंकमा जनताको २५० करोड रकम जम्मा रहेको जानकारी दिएका थिए। कुनै परियोजनाको लागी कर्जा लिनुपर्दा सानो लगानीमा शाखाले १५ दिन भित्र र ठूलो लगानीमा केन्द्र बाट १ महिना भित्र स्वीकृति हुनुपर्ने स्पष्ट पारेका थिए।

नेपाल बैंकका मधेश प्रदेश प्रमुख प्रदीप पाठकले प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने लक्ष्यका साथ संचालित बैंकमा स्थानिय प्रबंधक, कर्मचारीले कुनै प्रकारले अनावश्यक आर्थिक लाभ लिन खोजेमा , बदमासी गरी हैरान गर्न खोजेमा सीधा आफूहरु लाई सम्पर्क गर्न ग्राहक संग अनुरोध गरेका थिए। गलत नियत राखेर काम गरेको जानकारी आएमा त्यस्ता कर्मचारीलाई नियमानुसार कडा कारवाहीको चेतावनी दिएका थिए।

उदघाटन कार्यक्रममा न्युज कारखानाकर्मी सञ्जय मिश्रा,कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाह, क्याम्पस प्रमुख गजेन्द्र यादव, ब्यापारीहरु योगेन्द्र साह, नसरुदिन अन्सारी, महाशक्ति निराला, सरोज यादव लगायतकाले द्वन्दकालमा बिस्थापित बैंक लाई पुनः स्थापित गराउन जिल्लामा कैयौँ पटक आन्दोलन गर्नुपरेको तथा पटकपटक काठमाडौं सम्म धाउनु परेको जिकिर गरेका थिए। कटहरियामै बैंक सञ्चालन हुँदा घरमै बसीबसी सम्पूर्ण सेवा पाएको बताउँदै बिगतमा केही कर्मचारीले बिना कमिसन कर्जा लगानी नगरेको गुनासो गरेका थिए।

जिल्लाको चर्चीत बजार कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवन पाएको छ।  २०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि गत आईतवार देखी आफ्नै भवनमा सञ्चालनमा आएपनि औपचारिक रूपमा आज उदघाटन भएको छ।

वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड ६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन।

२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६१ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो।

देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७१ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ। हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन।

कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

मन्त्रीपरिषद्‍ बैठकका सात निर्णय : विशेष र श्रम अदालतमा अध्यक्ष तोकिए, मिटरब्याजसम्बन्धी फर्जी लिखत अवैध घोषणा

काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

गगन थापालाई एक्लै पार्टी चलाउने रोग लागेको छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रीपरिषद्‍मा पेस

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending