Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

खबरडबली संवाददाता

भोजपुर। वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ। यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो।

टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताए।

“पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ”उनले भने,“निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ। सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ । अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ।”

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाईसमेत समस्या रहेको टेम्केमैयुङ ९ पाँचधारेका स्थानीयबासी मानबहादुर सुनारले बताए।

“माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्” उनले भने,“ पहिरोले सडक अवरोध बन्दा जनजीवन निकै कष्टकर बनेका अवस्था छ । अवरोध सडक सञ्चालनमा राज्यले चाडो पहल गरी दिए सहज हुन्थ्यो।”

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जादा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङ्को भनाइ छ।

माथिबाट आएको पहिरोले वर्षेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उनको भनाइ छ। “पहिरोको कारण पाँचधारे–चखेवा सडक अवरोध बनेको छ”वडाध्यक्ष माङ्पाहाङले भने,“यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन् । राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ।”

वर्षातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे–कोट– भोजपुर सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उनको भनाइ छ। यो सडक मर्मत गरेपनि वर्षात हुन साथ खोलाले बगाउँदा समस्या हुने गरेको छ । यो स्थानमा वर्षेनी सडक बगाउने गरेकोले यसको वैकल्पिक सडक आवश्यकता रहेको वडाध्यक्ष माङ्पाहाङ्ले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

हुम्लामा बढ्न थाले कैलाश यात्रु, चार दिनमै १ सय ६९ तीर्थयात्री सिमकोट पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...

प्रिमनसुनमै झन्डै तेब्बर वर्षा, मनसुनमा खडेरीको चिन्ता

काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...

‘मदन भण्डारी सम्झँदा नेता मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको पीडा हुन्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...

भारतले चिनी रोकेपछि नेपालमा त्रास, सरकार भन्छ– ‘८ महिनालाई पुग्ने मौज्दात छ’

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending