Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’

खबरडबली संवाददाता

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपाली भाषा भएकाले यसको संरक्षणमा जोड दिएका छन् ।

पश्चिम बङ्गालका खाद्य र उद्योगमन्त्री अनुप रायले नेपाली भाषाका माध्यमबाट सबै नेपालीभाषीलाई जोड्न भानुभक्त आचार्यले गरेको योगदानको कदर गर्दै स्थानीय सडक उनको नामबाट राखिएको बताए ।

नेपाल र भारतबीच सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर रहेको चर्चा गर्दै भाषा, साहित्यका माध्यमबाट पनि भारत र नेपाल नजिक छन् उनले भने । उनले भारत र नेपालबीच भाषिक समानता पनि रहेको बताए । यो समानताले पारस्परिक सम्बन्ध अझ सुमधुर बनेको उनको कथन थियो ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत जनकराज भट्टले नेपाली भाषा र सहित्यका क्षेत्रमा आदिकविले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।

प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले धेरै बोलिने भाषाको सूचीमा ५९औँ स्थानमा नेपाली भाषा रहेको बताउँदै विश्वका विभिन्न मुलुकका शैक्षिक प्रतिष्ठानमा नेपाली पठनपाठन सुरु गरिनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारीले भाषा र संस्कृतिले नै देशलाई चिनाउने भएकाले यसको संरक्षण हुनुपर्ने बताए ।

जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तले भाषाको माध्यमबाट सबै नेपालीजनलाई एउटै सूत्रमा आबद्ध गर्न निर्वाह गर्नुभएको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ भने। आदिकविको सम्मानमा पश्चिम बङ्गाल सरकारले उहाँको नाममा सडकको नामकरण गरेकामा कृतज्ञता ज्ञापन गरे ।

समितिका अध्यक्ष बद्रीविक्रम थापाले नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष प्रवासमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।

त्यस अवसरमा कोलकातामा रहेका नेपालीले मातृभूमिमा कला, संस्कृति, वेशभूषा भल्कने मौलिक संस्कृति प्रदर्शन गर्नुका साथै नेपाली, बङ्गाली र हिन्दीमा गीत प्रस्तुत गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending