Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कालिगण्डकी करिडोरकाे बेनी-जोमसोम सडकखण्ड मर्मत हुँदै

खबरडबली संवाददाता

म्याग्दी । बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर पहिरो र नदि कटानले सताएपछि अहिले गुइठे तथा बैसरीमा प्लाष्टिकले छोपेर सडक जोगाउने काम गरिएको छ । 

वर्षात्को सुरुवातसँगै पवित्र तिर्थस्थल मुक्तिनाथ दर्शन तथा चीनको स्वसासित क्षेत्र तीब्बतसँगको सिमाना कोरला नाका पुग्ने उक्त सडकको पहिरोले निकै धेरै सताउने अन्नपुर्ण गाउँपालिका–३ दानाको गुइँठेमा सडकको बेस सहितको पर्खाल उठाउने काम गर्दा वर्षाले बाधा पुर्‍याउने भएकाले प्लाष्टिकले छोप्ने गरिएको छ । 

अन्नपुर्ण गाउँपालिका–३ का पर्यटन व्यवसायी एवम् बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले दिएकाे जानकारी अनुसार अहिले साँघुरो भएको सडकलाई अलिक फराकिलो बनाउनुका साथै पहिरोबाट जोगाउनका लागि प्लाष्टिकको सहारा लिइएको छ । वर्षात्को पानीले जमिन भिजेर सडकै बगाउने जोखिमलाई न्यूनिकरणका लागि प्लाष्टिक राम्रो उपाय हुन सक्ने भएकाले यस्तो गरीएको उनको भनाइ छ । 

अन्नपुर्ण गाउँपालिका–३ दानाका वडा अध्यक्ष रमेश पुर्जाका अनुसार बेनी–जोमसोम सडक खण्डको दाना क्षेत्रको गुइठे, खामभित्ता, लाटा खोला, रुप्से र काभ्रे अति धेरै पहिरो जाने क्षेत्र हो । यी ठाउँहरुमा वर्षाको समयमा सबै भन्दा धेरै अवरुद्ध हुने गर्दछ । उल्लेखित सबै ठाउँ वर्षामा पहिरोले सताउने ठाउँ हो र यी मध्ये पनि गुइठे भीरमा अति धेरै जोखिमको क्षेत्र हो । त्यसैले गुइठेमा सडकको बेस नै बग्न सक्ने जोखिम बढेको हुनाले हालका लागि प्लाष्टिक ओडाएर त्यसलाई जोगाउने प्रयास कालिगण्डकी करिडोर सडक आयोजनाले गरेको अध्यक्ष पुर्जाको भनाइ छ । 

त्यस्तै रघुगंगा गाउँपालिका–३ बैशरीमा सडकभन्दा माथिबाट आउने पानीको श्रोतलाई अन्यत्रै लैजान पनि कुलो काटेर कुलोमा पनि पानी नचुहियोस भन्ने हेतुले प्लाष्टिकले नै कुलो बनाइएको छ । पानीको श्रोत जथाभावी हुँदा लगातार पहिरो झरेर सडक अबरुद्ध हुने गरेकोले उक्त जोखिम कम गर्नका लागि प्लाष्टिक प्रयोग गरेर कुलो काटेर पानी तर्काइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending