Ntc summer Offer
Khabar Dabali २५ भाद्र २०८१ मंगलवार | 10th September, 2024 Tue
NIMB

पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा झडप: तीनजना तालिबानको मृत्यु

खबरडबली संवाददाता

काबुल । तालिबान अधिकारीहरूले मङ्गलबार उत्तरी सीमामा भएको झडपमा पाकिस्तानी सेनाले एक महिला र दुई बच्चासहित तीन जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । अफगानिस्तानको नङ्गरहार प्रान्तको तोरखाम सीमा नजिकै सोमबार दुई देशबीच झडप भएको हो । 

सन् १८९६ मा बेलायतीहरुले कायम गरेको काबुलद्वारा विवादित २४०० किलोमिटर सीमा क्षेत्रमा कोरिएको डुरान्ड रेखा नजिकै चेकपोष्ट निर्माणलाई लिएर पाकिस्तान र अफगानिस्तानका सेनाबीच नियमित झडप भइरहेको छ । 

“पाकिस्तानी सेनाले सर्वसाधारणको घरलाई निशाना बनाएर आक्रमण गर्दा एक महिला र दुई बच्चाको हत्या गरेको छ”, आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत भने । 

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्ला ख्वाराजमीले भने,“यो झडप पाकिस्तानीहरूले सुरु गरेका हुन् । जब हाम्रो सेनाले तोरखाम सीमामा रहेको काल्पनिक डुरान्ड रेखामा चौकी निर्माण गर्ने प्रयास गरिरहेको थियो तब पाकिस्तानी सैनिकहरूले हाम्रो सेनामाथि गोली प्रहार गरेका हुन् र हाम्रो सेनाले उक्त प्रहारको जबाफ दिँदा यो झडप भएको हो ।”

तोरखाममा पाकिस्तानतर्फका एकजना सीमा अधिकारीले झडपमा तीनजना पाकिस्तानी सैनिक घाइते भएको बताए ।
पाकिस्तानी अधिकारीहरूले तीनजना अफगानी नागरिक मारिएको आरोपमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०२१ मा तालिबान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबीचको सीमा तनाव निरन्तर बढेको छ । झडपमा दुवै पक्षबाट भारी हतियार प्रयोग भएको र तोरखाम सीमा बन्द गरिएको पाकिस्तानी अधिकारीले बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलंकाको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

श्रीलंका । श्रीलंकाले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखा...

काेशीका पूर्व मुख्यमन्त्री कार्की आमरण अनशन बस्ने

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की मंगलबारदेखि आमरण अनशन बस्दै छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराख...

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।  मोरङको सुन्दरहरैं...

दुई वर्षमा युक्रेनमा बम विस्फोटबाट एक हजारभन्दा धेरैको मृत्यु

जेनेभा । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ ।...

सत्तारुढ गठबन्धन बैठक: सरकारलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकल...

भारतको दार्जिलिङमा आठजना नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ ।  आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण...

सरकारबाट बाहिरिँदा बेदाग बाहिरिएको प्रचण्डकाे दाबी

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् ।  जनयुद्धको क्रममा सप...

आगामी भदाै २८ गते एमालेको सचिवालय बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी...

भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित

नयाँदिल्ली । भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पाँच पटकका ...

प्रसूति गृहलाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण

काठमाडौं । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy