काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताएका छन् । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उनले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गरे ।
रक्षामन्त्री राईले भने, “नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस् ।”
रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताए ।
उनले भने, “सेनाको कार्यजिम्मेवारी क्षमता थप अभिवृद्धि गर्न मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभारी छौँ ।” त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८२ - २१:२०
कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भाल...
आषाढ़ २६ गते, २०८२ - २०:३०
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालि...
आषाढ़ २६ गते, २०८२ - २०:१७
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय का...
आषाढ़ २६ गते, २०८२ - २०:०८
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ स्थित जिरोथु...
आषाढ़ २६ गते, २०८२ - २०:०४
कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको ...
आषाढ़ २६ गते, २०८२ - २०:०१
सुर्खेत । भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । अफिम जस्तो देखिने पदार्थ करिब ५ किलो ५ सय ४० ग्राम स...
आषाढ़ २६ गते, २०८२ - १९:२३
रसुवा । भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन् । स्याफ्रुबेँसी–र...
आषाढ़ २६ गते, २०८२ - १९:१९
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ । काठमाडौं प्रहरी परि...
आषाढ़ २६ गते, २०८२ - १८:५७
काठमाडौं । विपक्षी दल नेकपा माओवादी केन्द्रले साउनकाे पहिलाे हप्ता स्थायी समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदा...
आषाढ़ २६ गते, २०८२ - १८:४८
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । ब...
प्रतिकृया लेख्नुहोस्: