Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

क्रिकेट टोली प्रशिक्षणका लागि भारत प्रस्थान

खबरडबली संवाददाता

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार भारत प्रस्थान गरेको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार नेपाली टोलीको विदाइ गरेको हो । क्यानका अनुसार नेपालले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्नेछ । 

क्यानले एक साताअघि मात्र बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको थियो । नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । 

सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । बन्द प्रशिक्षणका लागि नेपाली टोली निम्न छ । जसमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...

देशभर ७ लाख ३५ हजार नयाँ मतदाता थपिए

काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् ।  आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending