Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

टी–२० विश्वकपबाट नेपाल बाहिरियो, वेस्ट इन्डिज सुपर आठमा

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिज क्रिकेट टोलीसँग नौ विकेटले पराजित भयो।

समूह चरणमा लगातार तेस्रो हार बेहोरेसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको हो। नेपाललाई हराउँदै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज भने सुपर आठमा प्रवेश गरेको छ।

समूह ‘सी’मा वेस्ट इन्डिज ६ अङ्कसहित शीर्षस्थानमा छ। समान खेलबाट ४ अङ्क जोडेको इङ्ल्यान्ड क्रिकेट टोली दोस्रो स्थानमा छ। स्कटल्यान्ड क्रिकेट टोली र इटाली क्रिकेट टोलीले २–२ अङ्क बनाएका छन्। नेपाल भने अङ्कविहीन रह्यो।

यसअघि नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो।

वेस्ट इन्डिजको सहज जित
१ सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। ओपनर ब्रान्डन किङले २२ रन बनाए। कप्तान साई होपले अविजित ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले पाँच चौका र तीन छक्का प्रहार गरे। सिमरन हेटमायर ४६ रनमा अविजित रहे।

नेपालका लागि नन्दन यादवले एक विकेट लिए।

दीपेन्द्रको अर्धशतक

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। सुरुआतमा तीन विकेट छिट्टै गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले तीन चौका र तीन छक्का प्रहार गरे।

यससँगै दीपेन्द्र टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक प्रहार गरेका थिए।

ओपनर कुशल भुर्तेल (१), आशिफ शेख (११), कप्तान रोहित पौडेल (५) र आरिफ शेख (२) सस्तोमै आउट भए। लोकेश बम १३, गुल्शन झा ११ रनमा आउट भए। सोमपाल कामी २६ रनमा अविजित रहे। उनी नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्ला खेलाडी बने। करण केसी १ रनमा आउट भए।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए। म्याथ्यु फोर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक–एक विकेट लिए।

नेपालले समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ। उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ।

नेपालले समग्रमा तेस्रो तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को संस्करण खेलेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending