Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अमेरिकी राष्ट्रपति बाइडेनको ‘गाजा युद्धविराम योजना’ हमासको नयाँ अडान

खबरडबली संवाददाता

एजेन्सी । हमासले गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ । 

इजरायली सैन्य कारबाहीका कारण असुरक्षित प्यालेस्टिनीहरू सुरक्षाका लागि एक पछि अर्को स्थानमा भागिरहनुपरेको पीडाबीच हमासको यो भनाइ आएको हो । गाजामा इजरायली आक्रमण जारी रहँदा र इरानसम्बद्ध नेताको हत्याले द्वन्द्वको डर उत्पन्न गरेपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले इजरायल र हमासलाई युद्धविराम र बन्धक मुक्ति सम्झौताको लागि वार्ता पुन ः सुरु गर्न आह्वान गरेका हुन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राजनीतिक लाभका लागि युद्ध लामो बनाएको आरोप लागिरहेका समय इजरायली वार्ता टोलीले अमेरिका, कतार र इजिप्टले बिहीबारको लागि दिइएको वार्ताको निमन्त्रणा स्वीकार गरेको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले गत मे ३१ मा तयार गरेको र पछि राष्ट्रसङघीय सुरक्षा परिषद्बाट अनुमोदित युद्धविराम योजनाको कार्यान्वयनको पक्षमा आफ्नो समूह रहेको दाबी हमासले आइतबार गरेको छ । 

बाइडेनले तीन चरणको ‘स्थायी युद्धविराम तथा सबै बन्धकको रिहाइको रोडम्याप’ लाई इजरायली प्रस्तावको युद्धविराम योजनाका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि, त्यसपछि मध्यस्थताका लागि भएका प्रयासहरू सफल हुन सकेका थिएनन् ।

दक्षिणी गाजाको मुख्य सहर खान युनिसलाई निरन्तरको बमबारी र लडाइँले ध्वस्त पारेको छ भने इजरायलको गाजाको अल जलाला क्षेत्र छोड्न आदेश जारी गरेपछि सयौं गाजाबासी प्यालेस्टिनीहरू उत्तरी छिमेकबाट भागेका छन् । हमासले गत मङ्गलबार आफ्ना गाजा प्रमुख याह्या सिनवारलाई जुलाई ३१ मा इरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको जिम्मेवारी तोकेको छ । हानियाको हत्यापूर्व बेरूतमा भएको हवाई आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फाउद सुकरको मृत्यु भएको थियो । यसले मध्यपूर्वमा इजरायलविरोधी भावनालाई थप मलजल दिएको र मध्यपूर्वमा थप तनाव बढ्ने अड्कलबाजीहरू गरिएका थिए ।

वस्ती खाली गर्न दिइएका यस्ता आदेशपछि बढ्ने सैन्य आक्रमणको भयले प्यालेस्टिनीलाई धेरै पटक विस्थापित हुन बाध्य पारेको छ । बाइडेनको युद्धविराम योजनाको पहिलो चरणमा छ हप्तासम्म पूर्ण युद्धविराम गर्ने योजना समावेश छ, यस चरणमामा इजरायली सेना गाजाको आवासिय क्षेत्रबाट फिर्ता गर्ने र इजरायलले प्यालेस्टिनी कैदीको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने उल्लेख छ । 

दोस्रो चरणमा युद्धरत पक्षहरूबीच युद्धको स्थायी अन्त्य गर्दै जीवित बन्धकलाई रिहा गर्ने रहेको छ भने तेस्रोमा गाजा क्षेत्रको प्रमुख पुनर्निर्माण योजना र मृत बन्धकहरूको अवशेष फिर्ता गर्ने उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending