विराटनगर । कोशी प्रदेश सरकारमा साउनभित्रै कांग्रेस सहभागी हुने सम्भावना टरेको छ । कांग्रेसले भदौ लागेपछि मात्रै सरकारमा सहभागी हुने जवाफ एमालेलाई दिएको छ ।
एमाले नेतृत्वमा सहभागी माओवादी केन्द्रले सरकार छाडेको तीन साता बित्दा पनि कांग्रेस कोशी सरकारमा सहभागी हुने टुंगो लाग्न सकेको छैन ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरसंवादमा मुख्यमन्त्री कार्कीले कांग्रेस सरकारमा सहभागी हुने पर्खाइमा रहेको बताउँदै अबको ५–७ दिनभित्र कांग्रेस सहभागी हुने र सरकारले पूर्णरुप पाउन सम्भवतः भदौ लाग्ने बताए ।
कांग्रेसले नाम दिएकै दिन कोशीमा सरकार विस्तार हुने नसकेको बताए। ‘कांग्रेसको आन्तरिक विवादका कारण अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन नसकेको मूख्यमन्त्री कार्कीको भनाई छ । कांग्रेसको विबादकै कारण सरकारमा सहभागी हुन भदौ लाग्ने जवाफ आएको मुख्यमन्त्री कार्कीले बताए ।
हाल प्रदेशमा कायम ९ मन्त्रालयलाई निरन्तरता दिने मुडमा रहेका कार्की पछिल्लो समय थप्ने मुडमा देखिएका छन् । उनले मन्त्रालय थप्नेबारे मुख खोलेका छन् । यससँगै यसअघि मन्त्रालयको सङ्ख्या ९ भन्दा नबढाउने अडान छाड्ने संकेत उनले गरे ।
सहयात्री कांग्रेसको आन्तरिक किचलोका कारण सरकारमा सहभागी हुन ढिला भइरहँदा मुख्यमन्त्री कार्की मन्त्रालय बढाएर चाँडो भन्दा चाँडो सरकारमा सहभागी गराउने प्रयत्नमा देखिएका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले अडानबाट पछि हट्दै भनेका छन,‘ हामी सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने कुरामा तयार छौँ ।’ त्यसका लागि केही मन्त्रालयको सङ्ख्या बढाउने कुरा पनि रहेको उनले बताए । ‘सकेसम्म हाम्रो प्रयास अहिलेकै सङ्ख्यामा मिलाउने कुरा भएको छ । यसबारे सहयात्री कांग्रेससँगको आवश्यक छलफलबाट टुङ्ग्याउने छौँ ’, उनले भने ।
यद्यपि आफूलाई मन्त्रालय फुटाएर मिलाऊँ भनेर कसैले पनि औपचारिक रूपमा नभनेको उनले बताए ।
कांग्रेसबाट केही राज्यमन्त्री थप्नुपर्ने कुरा उनलाई आएको छ । ‘उद्योग मन्त्रालयमा केही अधिकार थप भएर आएको छ । त्यसको केही काम गर्नुपर्ने भयो भने मन्त्रालय थपिन सक्छ’, उनले फुट्न सक्ने मन्त्रालयको नामबारेभने, ‘उद्योग, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कामको चाप धेरै छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: