विराटनगर । कोशी प्रदेश सरकारमा साउनभित्रै कांग्रेस सहभागी हुने सम्भावना टरेको छ । कांग्रेसले भदौ लागेपछि मात्रै सरकारमा सहभागी हुने जवाफ एमालेलाई दिएको छ ।
एमाले नेतृत्वमा सहभागी माओवादी केन्द्रले सरकार छाडेको तीन साता बित्दा पनि कांग्रेस कोशी सरकारमा सहभागी हुने टुंगो लाग्न सकेको छैन ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरसंवादमा मुख्यमन्त्री कार्कीले कांग्रेस सरकारमा सहभागी हुने पर्खाइमा रहेको बताउँदै अबको ५–७ दिनभित्र कांग्रेस सहभागी हुने र सरकारले पूर्णरुप पाउन सम्भवतः भदौ लाग्ने बताए ।
कांग्रेसले नाम दिएकै दिन कोशीमा सरकार विस्तार हुने नसकेको बताए। ‘कांग्रेसको आन्तरिक विवादका कारण अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन नसकेको मूख्यमन्त्री कार्कीको भनाई छ । कांग्रेसको विबादकै कारण सरकारमा सहभागी हुन भदौ लाग्ने जवाफ आएको मुख्यमन्त्री कार्कीले बताए ।
हाल प्रदेशमा कायम ९ मन्त्रालयलाई निरन्तरता दिने मुडमा रहेका कार्की पछिल्लो समय थप्ने मुडमा देखिएका छन् । उनले मन्त्रालय थप्नेबारे मुख खोलेका छन् । यससँगै यसअघि मन्त्रालयको सङ्ख्या ९ भन्दा नबढाउने अडान छाड्ने संकेत उनले गरे ।
सहयात्री कांग्रेसको आन्तरिक किचलोका कारण सरकारमा सहभागी हुन ढिला भइरहँदा मुख्यमन्त्री कार्की मन्त्रालय बढाएर चाँडो भन्दा चाँडो सरकारमा सहभागी गराउने प्रयत्नमा देखिएका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले अडानबाट पछि हट्दै भनेका छन,‘ हामी सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने कुरामा तयार छौँ ।’ त्यसका लागि केही मन्त्रालयको सङ्ख्या बढाउने कुरा पनि रहेको उनले बताए । ‘सकेसम्म हाम्रो प्रयास अहिलेकै सङ्ख्यामा मिलाउने कुरा भएको छ । यसबारे सहयात्री कांग्रेससँगको आवश्यक छलफलबाट टुङ्ग्याउने छौँ ’, उनले भने ।
यद्यपि आफूलाई मन्त्रालय फुटाएर मिलाऊँ भनेर कसैले पनि औपचारिक रूपमा नभनेको उनले बताए ।
कांग्रेसबाट केही राज्यमन्त्री थप्नुपर्ने कुरा उनलाई आएको छ । ‘उद्योग मन्त्रालयमा केही अधिकार थप भएर आएको छ । त्यसको केही काम गर्नुपर्ने भयो भने मन्त्रालय थपिन सक्छ’, उनले फुट्न सक्ने मन्त्रालयको नामबारेभने, ‘उद्योग, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कामको चाप धेरै छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: