Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

गुटैगुटले गाँजेको कोशी कांग्रेस: अझै पठाउन सकेन सरकारमा मन्त्री

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा एमालेसँग सत्ता सहयात्रामा रहेको नेपाली कांग्रेस आन्तरिक विवादका कारण कोशी प्रदेश सरकारमा सहभागी हुन अझै सकिरहेको छैन । 

कांग्रेसको सत्ता सहयात्रालाई सहज पार्न माओवादी केन्द्रलाई सत्ता छाड्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेको आग्रह अनुसार साउन ११ गते नै माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ । तर, यतिका दिनसम्म पनि कांग्रेसले मन्त्री पठाउन सकेको छैन ।

कांग्रेसले सरकारमा मन्त्री पठाउन नसक्नुमा गुटगत विवाद नै मुख्य रहेको कांग्रेसकै नेताहरू बताउँछन् । प्रदेश सभामा कांग्रेसका २९ जना सांसदमध्ये संस्थापन पक्षमा १२ जना छन् भने नेता डाक्टर शेखर कोइराला समूहमा ८ र सिटौला समूहमा ८ जना रहेका छन् । यस्तै, महामन्त्री विश्वप्रकाश समूहमा १ जना रहेको बताइन्छ ।

अहिले पनि संस्थापन र सिटौला समूह डाक्टर शेखर समूहलाई कमजोर बनाउन चाहन्छ । कोइराला समूह भने आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ । कांग्रेसमा देखिएको आन्तरिक शक्ति संघर्षकै कारण सरकारमा कहिले सहभागी हुने भन्ने विषय अन्योल रहेको छ ।

कांग्रेस कोशी प्रदेश सभा संसदीय दलको विवाद शृङ्खला

कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा कांग्रेसका २९ जना सांसद छन् । तर, तीन जना नेताको नाममा भएको समूहगत विवाद २०७९ पुस १५ सम्पन्न संसदीय दलको निर्वाचनमै देखिएको थियो । उक्त निर्वाचनमा सिटौला निकट उद्धव थापालाई संस्थापनको मात्रै होइन, महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो ।

त्यसबेला संसदीय दलको नेतामा शेखर कोइराला समूहबाट केदार कार्कीले प्रतिस्पर्धा गरेका थिए भने र संस्थापन समूहमै रहेका अमृत अर्यालले छुट्टै प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा थापा बहुमत (१८ मत)ल्याएर संसदीय दलको नेता चुनिए भने कार्कीले ९ र अर्यालले २ मतमात्रै पाएका थिए । थापा पार्टीको कोशी प्रदेश सभापति पनि हुन् ।

त्यसबेला कार्कीलाई उनीसहित गयानन्द मण्डल, शम्शेर राई, गोविन्द गिरी, इन्दिरा थापा, रामकुमार खत्री, लीलाकुमारी राई, मैया श्रेष्ठ र सुनिता कुमारी गुरुङले मत दिएका थिए भने अर्याललाई आफूसहित डोल्मा तामाङले मात्रै मत दिएका थिए । त्यसबाहेक सबै मत थापालाई गएको थियो ।

कांग्रेसमा त्यतिखेरै देखिएको गुटगत अवस्था अहिले पनि कायम छ । तर, केही सांसदले समूह अदलबदल गरेको बताइन्छ । त्यसबेला शेखर समूहमा रहेका गयानन्द मण्डल संस्थापन समूहमा पुगेका छन् । यस्तै शेखर समूहले आफ्नो पक्षमा रहेको भनेर दाबी गरेका मैया श्रेष्ठले पनि पछिल्लो गतिविधिमा कोइराला समूहलाई साथ नदिएको देखिन्छ ।

यस्तै विनोद राई र भूमि राजवंशीलाई पनि पछिल्लो गतिविधिमा शेखर समूहले समेट्न खोजे पनि राई विश्वप्रकाश समूहमा र राजवंशीले सिटौला समूह नछोडेको बताइन्छ ।

मन्त्री बनाउँदादेखि नै विवाद
कांग्रेसको विवाद मन्त्रीमण्डल विस्तारका क्रममा पनि देखिने गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा २०८० असार २२ गते बनेको सरकारमा कांग्रेसका तर्फबाट संस्थापन समूहका प्रदीपकुमार सुनुवार र शेखर समूहका रामकुमार खत्रीलाई मन्त्री बनाइयो ।

उक्त सरकार अदालतबाट विघटन भएसँगै पुनः थापाकै नेतृत्वमा २०८० साउन १७ गते बनेको सरकारमा पनि संस्थापन समूहबाट प्रदीपकुमार सुनुवारलाई मात्रै सहभागी गराइयो । तत्कालीन मुख्यमन्त्री थापाले पुनः आफ्नो मन्त्रीमण्डलमा गयानन्द मण्डल गनगाईलाई राज्यमन्त्री बनाएर २०८० साउन ३१ गते सरकारमा सहभागी गराए । थापाको नेतृत्वको सरकार पुनः अदालतले खारेज गर्‍यो ।

तत्कालीन कांग्रेस–माओवादी सहितको गठबन्धन दलले संविधानको धारा १६८ को उपधारा ९५० अनुसारको सरकार गठनका लागि माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गर्‍यो । तर, कांग्रेसको शेखर समूहको असन्तुष्टि र विद्रोहका कारण उक्त निर्णय लागु भएन ।

अन्ततः शेखर समूहका केदार कार्कीसहित ८ जना सांसदले विद्रोह गर्दै २०८० असोज २७ गते कार्कीकै नेतृत्वमा सरकार बन्यो । उक्त सरकारका मुख्यमन्त्री केदार कार्कीले शेखर समूहकै शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा र सुनिता कुमारी गुरुङलाई मन्त्रीमण्डलमा सहभागी गराए ।

यस्तै संस्थापन समूहबाट एक जना प्रदीपकुमार सुनुवारलाई उनले मन्त्रीमण्डलमा सहभागी गराए । आफूलाई विद्रोह गर्ने क्रममा साथ दिएका ८ जनामध्ये ४ जनालाई मन्त्री बनाएका कार्कीले अन्य पक्षका २१  सांसदबाट भने १ जनालाई मात्रै मन्त्री बनाएपछि पार्टीभित्र त्यतिबेलै असन्तुष्टि चुलिएको थियो ।

गठबन्धनको निर्णय कार्यान्वयन नगरेको भन्दै कांग्रेसका नेता डाक्टर शेखर कोइरालालाई त्यतिबेलै महामन्त्री विश्वप्रकाश शर्माले कारबाही गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै कोशी प्रदेशको संसदीय दलमा पनि विद्रोही समूहलाई कारबाहीको डण्डा चलाउनेसम्मको बहस चलेको थियो । यद्यपि त्यो कुरा यत्तिकै रोकिएको थियो ।

२०८० फागुनमा कांग्रेससहितको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्न पुगेका तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन परिवर्तन गर्नुको एउटा कारण कोशी प्रदेशको कांग्रेसको गतिविधि पनि रहेको उल्लेख गरेका थिए । अर्थात् कोशीमा देखिएको कांग्रेसको किचलो संघीय सरकार फेरबदलको एउटा कारण बनेको थियो ।

अहिले एमाले नेतृत्वको सरकारमा कांग्रेसले मन्त्री पठाउन नसक्नुमा संस्थापन, सिटौला समूह र शेखर समूहको आपसी दाउपेच र भागबण्डामै अल्झिएको छ । विश्वस्त स्रोतका अनुसार कांग्रेस शेखर समूहका तत्कालीन विद्रोही ८ सांसदलाई मन्त्री बनाउन नहुने लविङमा सिटौला र संस्थापन समूहका नेताहरू लागेका छन् भने शेखर समूहले कांग्रेसले पाउने ४ मन्त्रालयमध्ये आफ्नो समूहले २ मन्त्रालय पाउनु पर्ने अडान राखेको बताइएको छ । यद्यपि अहिले चलिरहेको पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएलगत्तै मन्त्रीको नामावलीबारे टुङ्गो लाग्ने कांग्रेस दलका प्रमुख सचेतक गोपाल तामाङ बताउँछन् ।

‘कोशीमा मन्त्री बनाउने विषयमा केन्द्रमा छलफल नै भएको छैन । यहाँ कुन समूहले कति दाबी गर्‍यो । कुन समूहले कति दाबी गरेर नमिलेको भन्ने कुरामा कुनै सत्यता छैन । यो हल्ला मात्रै हो,’ तामाङले भने, ‘केन्द्रमा नेताहरू बसेर नाम फाइनल गरेर दिने बित्तिकै यहाँको समस्या समाधान हुन्छ । अहिलेसम्म माथिबाट कुनै निर्देशन र निष्कर्ष आएको छैन ।’

पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदीपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम मन्त्री बन्ने तयारीमा छन् । शेखर कोइराला समूहबाट भने मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरी मन्त्री बन्ने चर्चा छ ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् ।

कोशी प्रदेशमा हाल भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् । ९ वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्रालय एमालेको भागमा छ भने ४ मन्त्रालय कांग्रेसको भागमा रहने सहमति भइसकेको बताइएको छ ।

एमालेले भने आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा क्रमशः रामबहादुर मगर, लिलाबल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्की मन्त्री रहेका छन् ।

यस्तै एमालेबाटै सिर्जना राई राज्यमन्त्री नियुक्त भएकी छन् । संविधानको धारा १६८ (५)लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

हुम्लामा बढ्न थाले कैलाश यात्रु, चार दिनमै १ सय ६९ तीर्थयात्री सिमकोट पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...

प्रिमनसुनमै झन्डै तेब्बर वर्षा, मनसुनमा खडेरीको चिन्ता

काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...

‘मदन भण्डारी सम्झँदा नेता मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको पीडा हुन्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...

भारतले चिनी रोकेपछि नेपालमा त्रास, सरकार भन्छ– ‘८ महिनालाई पुग्ने मौज्दात छ’

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending