हेटौँडा । हेटौँडामा आन्तरिक पर्यटन प्रर्वर्द्धन गर्ने उद्धेश्यले राप्ती नदीमा मौसमी र्याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म सहासिक खेल र्याफ्टिङको सेवा सुरु गरिएको हो ।
त्रिशूली नदीमा र्याफ्टिङको सेवा दिँदै आएको नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.ले राप्तीखोलामा वर्षायाम केन्द्रित र्याफ्टिङ सेवा सुरु गरेको जनाएको छ । हिउँदयाममा राप्तीमा पानीको सतह कम भएपछि भने र्याफ्टिङका लागि उपयुक्त नहुने कम्पनीले जनाएको छ । र्याफ्टिङ सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए ।
स्थानीय पर्यटन र आर्थिक विकासको दृष्टिले र्याफ्टिङ खेल एक महत्वपूर्ण कदम मानिएको पालिका अध्यक्ष कालाखेतीले बताए । उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्वपूर्ण स्थान दिने प्रतिबद्धता ब्यक्त गरे ।
यसअघि त्रिशुली नदीमा मात्र उपलब्ध रहेको र्याफ्टिङको अनुभव अब हेटौँडामा पनि लिन पाइने भएको छ । विशेषज्ञहरुका अनुसार, यो सेवालाई व्यवस्थित गरी उचित लगानी गर्न सकिएमा स्थानीय नगरपालिका, प्रदेश सरकार र स्थानीय समुदायले राम्रो आम्दानीको स्रोत बन्न सक्ने छ । यो नयाँ पहलले हेटौँडाको पर्यटन क्षेत्रमा थप नयाँ आयाम थप्नुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउने आशा लिइएको छ ।
नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिका गाइड कटक गुरुङकाअनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले र्याफ्टिङका लागि उत्तम रहेको छ । कम्पनीले हेटौँडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको र्याफ्टिङ यात्राका लागि प्रति व्यक्ति नौ सय रुपियाँ शुल्क निर्धारण गरेको जनाएको छ । नयाँ पर्यटकीय गतिविधिले हेटौँडा र आसपासका क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: