धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।
सो अवसरमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सामयिक राजश्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको पारित अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरे । सो अवसरमा बोल्दै उनले राजनीतिक परिस्थिति परिवर्तन भएर बजेट पारित नभएकोले सो अध्यादेश जारी गर्नु परेको स्पष्टीकरण दिए । प्रदेश सरकारले बिहीबार सो अध्यादेश जारी गरेको थियो ।
बैठकको सुरुवातमै समय लिँदै नेपाली कांग्रेसबाट निर्वाचित जुना दानीले बाजुरामा पहिरोले परेको क्षति बारे जानकारी गराउँदै उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए । उनले वर्षाका कारण साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक अवरुद्ध भएकोले चाँडै सञ्चालन गर्न आग्रह गरे ।
सो अवसरमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी, अक्कल रावल र गीतादेवी माललाई सार्वजनिक लेखा समिति, ओमविक्रम भाट, माया पन्त र झपट साउदलाई सामाजिक विकास समिति, रमेशसिंह धामी, लक्ष्मी विक विधायन तथा प्रदेश मामिला समितिमा मनोनयन गरिएको बताए ।
प्रदेश सभाको अर्को बैठक साउन २९ गते मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । यही क्रममा उपयुक्त दिन छनौट गरेर मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत दिनु हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: