स्याङ्जा । स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाका सबैभन्दा ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिए र यसलाई निरन्तरता दिने योजना रहेको प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले बताए । “वडा कार्यालयले ज्येष्ठताका आधारमा नाम सिफारिस गरेअनुसार १५ जना ज्येष्ठ नागरिक एकै स्थानबाट सम्मान गरेका हौँ”, उनले भने, “यसलाई आगामी वर्षहरूमा पनि निरन्तररुपमा अगाडि बढाउने छौँ ।”
ज्येष्ठ नागरिकप्रति परिवार तथा समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउने र स्याहारसुसारमा ध्यान केन्द्रित गराउने उद्देश्यले प्रतिष्ठान कार्यक्रम गरिरहेको अध्यक्ष ढुङ्गानाले बताए । “ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति, अभिभावक र अनुभवका खानी हुन् । जीवनको उत्तरार्धमा सम्मानजनक तरिकाले जीवनयापन गर्न गराउनका लागि साङ्केतिकरुपमा सम्मानलगायत कार्यक्रम गर्दै आएका हौँ”, उनले भने ।
कार्यक्रममा ११ पुरुष र चार महिलालाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वडा नम्बर १ बाट दुईजना र अन्य वडाबाट एक-एक जना थिए । उनिहरु ८५ वर्षभन्दा माथि उमेर समूहका हुन् । वालिङ-८ की ९३ वर्षीया चन्द्रकला सुवेदीले सम्मानित हुन पाउँदा खुसी लागेको बताइन । बुढेशकालमा खोजीखोजी सम्मान गर्दा यसले राम्रो सन्देश दिएको उनको धारणा छ ।
उनिहरुलाई सम्मान गर्दै गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा यसले समाज तथा परिवारमा सकारात्मक सन्देश प्रवाह भएको बताए । ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उहाँहरुसँग भएको अनुभवलाई ग्रहण गर्नसक्नुपर्नेमा उनको जोड थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: