स्याङ्जा । स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाका सबैभन्दा ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिए र यसलाई निरन्तरता दिने योजना रहेको प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले बताए । “वडा कार्यालयले ज्येष्ठताका आधारमा नाम सिफारिस गरेअनुसार १५ जना ज्येष्ठ नागरिक एकै स्थानबाट सम्मान गरेका हौँ”, उनले भने, “यसलाई आगामी वर्षहरूमा पनि निरन्तररुपमा अगाडि बढाउने छौँ ।”
ज्येष्ठ नागरिकप्रति परिवार तथा समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउने र स्याहारसुसारमा ध्यान केन्द्रित गराउने उद्देश्यले प्रतिष्ठान कार्यक्रम गरिरहेको अध्यक्ष ढुङ्गानाले बताए । “ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति, अभिभावक र अनुभवका खानी हुन् । जीवनको उत्तरार्धमा सम्मानजनक तरिकाले जीवनयापन गर्न गराउनका लागि साङ्केतिकरुपमा सम्मानलगायत कार्यक्रम गर्दै आएका हौँ”, उनले भने ।
कार्यक्रममा ११ पुरुष र चार महिलालाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वडा नम्बर १ बाट दुईजना र अन्य वडाबाट एक-एक जना थिए । उनिहरु ८५ वर्षभन्दा माथि उमेर समूहका हुन् । वालिङ-८ की ९३ वर्षीया चन्द्रकला सुवेदीले सम्मानित हुन पाउँदा खुसी लागेको बताइन । बुढेशकालमा खोजीखोजी सम्मान गर्दा यसले राम्रो सन्देश दिएको उनको धारणा छ ।
उनिहरुलाई सम्मान गर्दै गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा यसले समाज तथा परिवारमा सकारात्मक सन्देश प्रवाह भएको बताए । ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उहाँहरुसँग भएको अनुभवलाई ग्रहण गर्नसक्नुपर्नेमा उनको जोड थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: