Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सल्यानमा धान बालीमा खपटे किराको प्रकोप

खबरडबली संवाददाता

सल्यान । सल्यानमा धान बालीमा किराको प्रकोप देखिएको छ । जिल्लाका श्रीनगर, जोगिदेउखोला, रेशमज्युला, स्यालापानी, चैबाङज्युला, दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो । किराको प्रकोपका कारण अहिले पाँच सय बढी किसान प्रभावित भएका छन् ।

शारदा नगरपालिकाका किसान नविना बस्नेतले खेतमा भएको धान किराले नष्ट पार्न थालेको बताए । ‘यस्तो प्रकोप गत वर्ष अलिअलि थियो, यो वर्ष त जताततै यस्तै प्रकोप देखिएको छ, धान सबै किराले खाएर सखाप पारेको छ, भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्न थालेको छ’ उनले भने ।

धान रोपेको झण्डै एक महिनामा नै धानमा किराको प्रकोप देखिएको  अर्का किसान गोपाल नेपालीले बताए । धान जोगाउन विषादी प्रयोग गरिरहेको भए पनि उल्लेख्य रुपमा सुधार हुन नसकेको उनको भनाइ छ । किसानले किरा नियन्त्रणका लागि सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका किसानले एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । अहिलेसम्म यी दुई पालिकाको धेरै स्थानमा किराको प्रकोप देखिए पनि अहिलेसम्म खासै क्षति भने नभएको कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीले जानकारी दिए ।

खपटे किराको लार्भाले हरियो भाग खाँदा धानका पात सुक्दै जाने र वयस्क किराले धानको टुप्पा खाएर क्षति पुर्‍याउने उनको भनाइ छ । किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले दुई पालिकाका प्रभावित ४० किसानलाई विषादी उपलब्ध गराएको घर्तीको भनाइ छ । किराको प्रकोप महामारीकै रुपमा नफैलिएकाले धान उत्पादनमा खासै असर नपर्ने जनाइएको छ । जिल्लामा ६ हजार २९ हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending