Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम

खबरडबली संवाददाता

तनहुँ । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’को रुपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो । 

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । साथै मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय हाठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएको छ । 

बौद्ध धर्मावलम्बीलाई लक्षित गरी बौद्ध गुम्बा पनि यहाँ निर्माण गरिएको लम्सालले बताए । बौद्ध धर्मावलम्बी आगमन बढाउने, धार्मिक सहिष्णुता कायम गराउने उद्देश्यले गुम्बा बनाइएको भन्दै गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उनले उल्लेख गरे । च्यवनधामका अध्यक्ष लम्सालले भने,“यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित स्थानीयवासी लागिपरेका छन् । यसलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन् ।”

यहाँ नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माअष्टमी, बालाचतुदर्शी र शिवरात्रीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । प्रत्येक वर्षको साउनमा यहाँ शिवपुराण लगाउने गरिन्छ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रका रुपमा परिचित रहेको बताए । 

उनले भने, “सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका विम्बहरु, ज्येष्ठ नागरिक आश्रम, बेसहारा छाडिएको गाईहरुको संरक्षण गर्न स्थापित गौँ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ ।” शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको यस ठाउँमा पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,“यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीय जागरुक बन्नुभएको छ, आज यसले एउटा स्वरुप पाएको छ । यसको प्रवर्द्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ ।”

पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेकाले यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गरे । च्यवनधाम र गौँ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि गत सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ । यही साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहेका छन् । 

पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था थियो । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्रधाम बनेसँगै सुन्दर मन्रि निर्माण गरिएको छ । 

शुक्लागण्डकी-२ गाछेपानीका स्थानीयले एक दशकमा च्यवनधामलाई परिवर्तन गरी सुन्दर, रमणीय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् । एक्लै हिँड्न पनि डरलाग्ने साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन्  । अहिले यही किनारको स्वरुप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएको हो । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले चिनिएको छ । 

यो ठाउँ भगवान् शिवजीप्रति आस्थावान् हुने भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । उनका अनुसार हिन्दू धर्मको मात्र नभई च्यवनधाम बौद्ध धर्मावलम्वीको पनि आस्थाको थलो हो । वि.सं.२०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कब्जामा लिन खोजेपछि यस स्थान परिवर्तन भएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending