Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम

खबरडबली संवाददाता

तनहुँ । शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’को रुपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो । 

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । साथै मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय हाठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएको छ । 

बौद्ध धर्मावलम्बीलाई लक्षित गरी बौद्ध गुम्बा पनि यहाँ निर्माण गरिएको लम्सालले बताए । बौद्ध धर्मावलम्बी आगमन बढाउने, धार्मिक सहिष्णुता कायम गराउने उद्देश्यले गुम्बा बनाइएको भन्दै गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उनले उल्लेख गरे । च्यवनधामका अध्यक्ष लम्सालले भने,“यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित स्थानीयवासी लागिपरेका छन् । यसलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन् ।”

यहाँ नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माअष्टमी, बालाचतुदर्शी र शिवरात्रीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । प्रत्येक वर्षको साउनमा यहाँ शिवपुराण लगाउने गरिन्छ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रका रुपमा परिचित रहेको बताए । 

उनले भने, “सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका विम्बहरु, ज्येष्ठ नागरिक आश्रम, बेसहारा छाडिएको गाईहरुको संरक्षण गर्न स्थापित गौँ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ ।” शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको यस ठाउँमा पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,“यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीय जागरुक बन्नुभएको छ, आज यसले एउटा स्वरुप पाएको छ । यसको प्रवर्द्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ ।”

पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेकाले यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गरे । च्यवनधाम र गौँ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि गत सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ । यही साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहेका छन् । 

पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था थियो । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्रधाम बनेसँगै सुन्दर मन्रि निर्माण गरिएको छ । 

शुक्लागण्डकी-२ गाछेपानीका स्थानीयले एक दशकमा च्यवनधामलाई परिवर्तन गरी सुन्दर, रमणीय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् । एक्लै हिँड्न पनि डरलाग्ने साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन्  । अहिले यही किनारको स्वरुप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएको हो । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले चिनिएको छ । 

यो ठाउँ भगवान् शिवजीप्रति आस्थावान् हुने भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । उनका अनुसार हिन्दू धर्मको मात्र नभई च्यवनधाम बौद्ध धर्मावलम्वीको पनि आस्थाको थलो हो । वि.सं.२०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कब्जामा लिन खोजेपछि यस स्थान परिवर्तन भएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE