गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बिचमा सहकार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने “जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखा परेका समस्यालाई सम्बोधन गर्नेछ ।”
उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरेपनि नेपालका लागि भने त्यो नौलो होइन भने । “मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबिचमा सहकार्य भएको थियो”, उनले भने, “मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको हो ।”
वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिनुहुँदैन भने । उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए । उनले भने, “लोकतन्त्र र गणतन्त्र ल्याउन संघर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुन्छ, यसतर्फ हामीसचेत बन्नुपर्छ ।”
मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्छ भने । पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: