Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन

खबरडबली संवाददाता

बर्दिबास । सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ । महायज्ञका परिकल्पनाकार एवं भागवत मञ्जरी राधिका दासीको पुराण कथा श्रवण गर्न आएका भक्तजनले गरेको दान रकम उत्साहाजनकरुपमा वृद्धि भइरहेको बताइएको छ । 

पुराण सुरु भएको शुक्रबार चौथो दिनसम्म दान दातव्यबाट ६४ लाख रुपियाँभन्दा बढी सङ्कलन भएको शिव पुराण महायज्ञ मूल समितिका सहसचिव नारायण घिमिरेले बताए । यो रकम दान पेटिका बाहेकको दान दातव्यबाट सङ्कलन भएको उनले बताए । 

यस अवधिमा सबैभन्दा बढी बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्री तथा धर्मपत्नी मञ्जु क्षेत्रीले आश्रममा २ कोठा निर्माणका लागि १५ लाख रुपियाँ दान गरे । बर्दिबासकै समाजसेवी राजेश थापा र सुमित्रा भट्टराई दम्पतीले १ कोठा बराबरको ७ लाख ५१ हजार दान गरेका छन् । 

बर्दिबासमा निर्माणाधीन हाम्रो मायाको घरका अध्यक्ष कृष्णप्रसाद गौतमले ७ लाख ५० हजार, रामनारायण महतोले १ लाख २ हजार १०० र हरिबहादुर थापाले १ लाख ८ हजार रुपियाँ दान गर्नु भएको छ । सचिवालयको रेकर्डअनुसार महायज्ञमा सिन्धुलीदेखि बाराको सिमरा र भारतबाट आएका धर्मपरायणदेखि एकादशी समूहलगायत धार्मिक सङ्घ संस्थाले पनि दान गरे । महायज्ञ प्रारम्भ भएयता निरन्तरको वर्षाले मौसम प्रतिकूल भए पनि त्यसले भक्तजनको उत्साह र सङ्ख्यामा कुनै कमी देखिएको छैन । 

पुराण वाचिका राधिका दासीको प्रेरणाले ‘हाम्रो मायाको घर’ का लागि १५ जना दाताहरूले बर्दिबास वडा २ मा करिब डेढ करोड मूल्य बराबरको साढे ५ कठ्ठा जग्गा दान दिएपछि यसको निर्माण प्रक्रिया सुरु भएको छ । सोही जग्गामा दुई तले भवनको डिपिआर पनि तयार छ । 

दुवै भवन निर्माणका लागि आवश्यक ११ करोड रुपियाँको स्रोत जुटाउन पहिलो अभियानको थालनी महायज्ञबाट गरिएको हो । साउन २९ गतेसम्म आयोजना हुने महायज्ञको दान दातव्यबाट डेढ करोड रुपियाँसम्म जुट्ने महायज्ञ मूल समितिका अध्यक्ष हिरा गौतमले विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending