Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री

खबरडबली संवाददाता

वालिङ । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०–८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । 

सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले सङ्कलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए । “यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउनुहुन्छ”, उनले भने, “सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौं लगेर बिक्री गर्न समन्वय गरिरहेको छ ।”

कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूलहरु सहकारीको सङ्कलन केन्द्रमा राखेर बिक्री गर्दै आएको जानकारी दिए । “कृषकबाट सङ्कलन गरिएका कृषि उपज केन्द्रमा सङ्कलन गरी राख्छौँ । स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजानुहुन्छ”, उनले भने, “ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौँ ।”

कृषकले केन्द्रमा सागसब्जी, फलफूल तथा अन्य कृषि उपज ल्याएपछि सोको विवरण सहकारीका कर्मचारीले लिने गरेका बताउँदै अध्यक्ष अर्यालले बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा राखिदिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रतिकिलो रु तीन खर्च कटाउँदै आएको छ ।

कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आइएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे । 

“सहकारीमार्फत कृषकहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउने सरोकार भएका निकायसँग सम्पर्क गराउँदै व्यावसायिक क्षमता विकासमा सहयोग पुर्याउँदै आएका छौँ”, उनले भने, “कृषकलाई समूहमा आबद्ध गराइ सरल, सुलभ र प्रभावकारी ढङ्गले कृषि कर्जा वितरण गरिरहेका छौँ ।”

उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताए । गत आवमा रु तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए । “चौध रोपनी क्षेत्रफलमा गोलभेँडा, काक्रा, बोडी, बोडा, घिरौँला, करेला, बन्दा, काउली उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उनले भने, “घरबाटै बिक्री गर्नेभन्दा सहकारीमार्फत गर्दा सहज हुनाका साथै एकैमुस्ट रकम प्राप्त हुन्छ ।”

उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे । “हामीले सहकारीमा लगेर छोडेको सागसब्जी तथा फलफूल सहकारीले बिक्री गर्छ”, उनले भने, “बिक्री गरेर आएको रकम खातामा जम्मा हुन्छ, जहिले आवश्यक पर्छ सोही बेला निकाल्न सकिन्छ ।”

वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यवसायिक रुपमा सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन् । उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए । “सहकारीमा सबैभन्दा बढी कृषि उपज सङ्कलन गरेर पुरस्कृत हुँदै आएको छु”, कृषक रेग्मीले भने, “सागसब्जी र फलफूल खेतीबाट वार्षिक रु तीन लाअ बढी आम्दानी हुन्छ । छ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन गर्दै आइरहेको छु ।” उनले गत आवमा रु तीन लाख मूल्य बराबरको साजगब्जी र तरकारी बिक्री गरेको जानकारी दिए ।

सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज सङ्कलन गराउने कृषकलाई पुरस्कृत गर्दै आइरहेको जनाएको छ । उत्पादित सागसब्जी र फलफूल आइतबार, मङ्गलबार र बिहीबार केन्द्रमा सङ्कलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE