लहान । लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ । यस वडाका कतिपय स्थानमा खानेपानीको समस्या समाधान भइसकेको छ भने कतै समाधान हुने कार्यमा रहेको नेपाल खानेपानी संस्थान लहानले जनाएको छ ।
लहान वडा नम्बर –२४ मा विगत एक वर्षदेखि खानेपानी स्थानीयहरुले प्रयोग गरिरहेको स्थानीय पञ्चलाल महतोले बताए । विगत १० वर्षदेखि खानेपानीको ट्याङ्की निर्माण भएर त्यसै अलपत्र अवस्थामा थियो । एक वर्ष अगाडि नेपाल खानेपानी संस्थान लहानले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गरेपछि खानेपानीको समस्या हटेको हो ।
खानेपानी सञ्चालनमा नआउँदा वैशाखदेखि इनारहरु सुक्न थालेपछि खानेपानीको ठुलो समस्या हुने गर्दथ्यो स्थानीयहरुले विगतको पीडा सम्झादै भने, तर अहिल घरघरमा खानेपानी पुग्न थालेको बताए । सबैभन्दा बढी जनसङ्ख्या भएको लहान–२४ नम्बर वडामा सरे खोलाको वारिका आधा दर्जन बस्तीहरुमा हातेकल इनार सुक्न थालेपछि खानेपानीका लागि ठुलो समस्या हुने गरेको थियो ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खानेपानीको ओभर ट्याङ्की निर्माण गरेर यसैअलपत्र रहेको खानेपानी सूचारु गराउन नेपाल खानेपानी संस्थान लहानसँग समन्वय गरेर सञ्चालन गराएको वडाध्यक्ष रासलाल रायले बताए । अहिलेसम्म १०५जना उपभोक्ताले धारा जडान गरिसकेको छ । चार किलोमिटर धारा जडान कार्य सम्पन्न भएको छ । यसवर्ष थप ७ किलोमिटर जडान गरिनेछ । २७ किलोमिटरसम्म धारा जडान गरिने लक्ष्य रहेको उनले जानकारी गराए ।
लहान–१३ मा पक्कीटोल र सुकरामपुरमा निर्माण भएको खानेपानी ओभर ट्याङ्की सञ्चालनमा ल्याउन खानेपानी संस्थानले आफ्नो स्वामित्मा लिएको दुई महिना भएको कार्यालय प्रमुख ऋषिराज भण्डारीले भन्दै केही महिनामै पाइप जडान गरेर खानेपानी पुर्याउने गरी काम अघि बढेको बताए ।
यसैगरी लहान–१६ मा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको ओभर ट्याङ्की खानेपानी कार्यालय लहानले आफ्नो अधिनमा लिएर सञ्चालन गर्न सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको खानेपानी वितरण शाखालहानका प्रमुख लटु प्रसाद यादवले बताए ।
लोकमार्गदेखि उत्तरी भेगमा पर्ने वडा नम्बर १३, १४, १५, १६, १७ र १८ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान गर्न लहान नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर दीर्घकालीन रुपमा समस्या समाधान गर्न लागि परेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: