Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बन्दीपुरको “शिव महिम्नाहा उत्सवको” समापन सोमबार हुने

खबरडबली संवाददाता

तनहुँ । पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको शिव महिम्नाहा उत्सवको साेमबार समापन हुने भएको छ । समापन सत्रको अवसरमा एक दिने सङ्गीतमय शिव पुराण कथा वाचन गर्नको लागी प्रमुख अतिथिको आसनमा ब्यास गुफा मूल संरक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानंद श्री दामोदर बाबा रहनु हुने गरी विशेष कार्यक्रम राखिएको छ ।  

साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तिन धारे शिव ज्योतिर्लिङ्ग सम्मको बोलबम यात्राको समापन  साउन  २८ गते चौथो सोमबार बिहान ११ बजे देखी सुरु हुने भव्य धार्मिक सांस्कृतिक कार्यक्रमका र एक दिने सङ्गीतमय शिव पुराण कथा बाचनका साथ समापन गरिने शिव महिम्नाहा उत्सव मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलले बताए । समापन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तिनधारा परिसरमा गरिने आयोजक समितिले जनाएको छ ।

सुरुवाती चरणमा नै हजारौँ भक्तजनहरूको सहभागिता रहेको यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् ।

शिव महिम्नाहा उत्सव मूल आयोजक समितिको आयोजना सञ्चालित यस कार्यक्रम को प्रायोजन  बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ। उक्त कार्यक्रमको सहयोगीमा भने बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।

यसैगरी भजन सहयोगीको रूपमा राधाकृष्ण सांस्कृतिक समूह गगनगौड़ा पोखरा, धर्म जागरण भजन समूह पुरंचौर पोखरा, राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान तनहुँ, बेद अनुयायी भजन कीर्तन समूह तनहुँ र सिद्देश्वर भजन समूह ढुङ्गे साँघु पोखरा रहेका  छन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

बैतडीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending