Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेकाे प्रदेशसभा सचिवालयले जनाएको छ । 

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ । अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलन सम्बन्धी काम अगाडि बढेको  छ । 

बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । सरकारले अध्यादेश जारीगरी कर सङ्कलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन । 

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गरेका छन् । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०,नागरिक उन्मुक्ति पार्टीका सात,नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending