Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

इलामको हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

खबरडबली संवाददाता

काठमाडौं । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो । 

रेड पाण्डा वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर रेडपाण्डाको वासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन लागिपरेका थिए ।

नगरपालिकाको वडा नं. ३ मा पर्ने सोही क्षेत्रलाई बिहीबार एक कार्यक्रमका बीच ‘रेड पाण्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको हो । सो क्षेत्रमा रेडपाण्डाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र उनीहरुको प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ । सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ । संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेड पाण्डालाई असर पर्ने कुनै पनि कार्य गर्न गराउनबाट रोक लगाउनेछ । 

पाण्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने जिल्ला वन कार्यालय अधिकृत दानबहादुर श्रेष्ठले घोषणासभामा बताए । “पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैंमा राम्रो कुरा हो,” उनले भने, “रेड पाण्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो काम आफैंमा नमुना र सराहनीय काम हो ।”  

गत आर्थिक वर्ष नगरपालिकाले रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा रेडपाण्डा संरक्षण समिति बनाएर संरक्षण कार्य थालेको थियो । “गत वर्ष समिति गठन गरेर सदस्यहरुलाई अभिमुखीकरण गर्दै सचेतना जागृत लगायतका काम गरेका थियौं,” नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले भने, “सोही वर्ष नगरपालिकाले पुवामझुवा सामुदायिक रेड पाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पारित गरेको थियो ।” त्यसअघि २०७८ सालमै नगरपालिकाको स्थानीय वन ऐनले संरक्षण क्षेत्र स्थापनाको अधिकार दिएको थियो । 

“यसअघि समिति गठन गरेर अभिमुखीकरणका काम गर्‍यौं,” खड्काले बताए, “यसपाली रेडपाण्डा क्षेत्रमा उसले खाने मालिङ्गो, निगालोका विरुवा वृक्षरोपण गर्नेछौं ।” संरक्षण क्षेत्र स्थापनामा रेडपाण्डा नेटवर्कले पनि सहयोग गरिहरहेको छ । “स्थानीयलाई संलग्न नबनाई कुनै पनि संरक्षणको काम सफल नहुने हुँदा हामीले स्थानीयसँगको साझेदारी हुने यस्ता संरक्षण प्रयासलाई सहयोग, प्रोत्साहन र अपनत्व लिँदै आएका छौं,” नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरि शेर्पा भन्छन्, “इलाममा हामीले गरेको १५ वर्षदेखिको कामको प्रतिफलको रुपमा हामीले यसलाई लिएको छौं । अबको चुनौती भनेको संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन र स्थानीय स्तरमा पर्यापर्यटन लगायत जीविकोपार्जनको ढोका खोल्नु हो ।”

कालपोखरी थामडाँगा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मानसिंग राईले पुवामाइ र कालपोखरी सामुदायिक वन क्षेत्र जोडिएकाले यताबाट रेडपाण्डा उता जाने र उताबाट रेडपाण्डा यता आउने गरेको बताइन् । “ हामी सबैले हाब्रेलाई जोगाउने नै हो । हाम्रो सामुदायिक वन समितिका दुई जनाले हाब्रे संरक्षणमा हेरालुको काम गर्दै आउनुभएको छ,” उनले भनिन्, “ सामुदायिक वन क्षेत्रमा प्राकृतिक विरुवाले ढाकिए पनि यहाँको मालिंगो र निगालोलाई हाब्रेले खाने गरेको हुँदा यो वर्ष ती विरुवा रोप्ने योजना छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending