Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

इलामको हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

खबरडबली संवाददाता

काठमाडौं । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो । 

रेड पाण्डा वासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर रेडपाण्डाको वासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन लागिपरेका थिए ।

नगरपालिकाको वडा नं. ३ मा पर्ने सोही क्षेत्रलाई बिहीबार एक कार्यक्रमका बीच ‘रेड पाण्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको हो । सो क्षेत्रमा रेडपाण्डाको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र उनीहरुको प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ । सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ । संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेड पाण्डालाई असर पर्ने कुनै पनि कार्य गर्न गराउनबाट रोक लगाउनेछ । 

पाण्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने जिल्ला वन कार्यालय अधिकृत दानबहादुर श्रेष्ठले घोषणासभामा बताए । “पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैंमा राम्रो कुरा हो,” उनले भने, “रेड पाण्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो काम आफैंमा नमुना र सराहनीय काम हो ।”  

गत आर्थिक वर्ष नगरपालिकाले रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा रेडपाण्डा संरक्षण समिति बनाएर संरक्षण कार्य थालेको थियो । “गत वर्ष समिति गठन गरेर सदस्यहरुलाई अभिमुखीकरण गर्दै सचेतना जागृत लगायतका काम गरेका थियौं,” नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले भने, “सोही वर्ष नगरपालिकाले पुवामझुवा सामुदायिक रेड पाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पारित गरेको थियो ।” त्यसअघि २०७८ सालमै नगरपालिकाको स्थानीय वन ऐनले संरक्षण क्षेत्र स्थापनाको अधिकार दिएको थियो । 

“यसअघि समिति गठन गरेर अभिमुखीकरणका काम गर्‍यौं,” खड्काले बताए, “यसपाली रेडपाण्डा क्षेत्रमा उसले खाने मालिङ्गो, निगालोका विरुवा वृक्षरोपण गर्नेछौं ।” संरक्षण क्षेत्र स्थापनामा रेडपाण्डा नेटवर्कले पनि सहयोग गरिहरहेको छ । “स्थानीयलाई संलग्न नबनाई कुनै पनि संरक्षणको काम सफल नहुने हुँदा हामीले स्थानीयसँगको साझेदारी हुने यस्ता संरक्षण प्रयासलाई सहयोग, प्रोत्साहन र अपनत्व लिँदै आएका छौं,” नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरि शेर्पा भन्छन्, “इलाममा हामीले गरेको १५ वर्षदेखिको कामको प्रतिफलको रुपमा हामीले यसलाई लिएको छौं । अबको चुनौती भनेको संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन र स्थानीय स्तरमा पर्यापर्यटन लगायत जीविकोपार्जनको ढोका खोल्नु हो ।”

कालपोखरी थामडाँगा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मानसिंग राईले पुवामाइ र कालपोखरी सामुदायिक वन क्षेत्र जोडिएकाले यताबाट रेडपाण्डा उता जाने र उताबाट रेडपाण्डा यता आउने गरेको बताइन् । “ हामी सबैले हाब्रेलाई जोगाउने नै हो । हाम्रो सामुदायिक वन समितिका दुई जनाले हाब्रे संरक्षणमा हेरालुको काम गर्दै आउनुभएको छ,” उनले भनिन्, “ सामुदायिक वन क्षेत्रमा प्राकृतिक विरुवाले ढाकिए पनि यहाँको मालिंगो र निगालोलाई हाब्रेले खाने गरेको हुँदा यो वर्ष ती विरुवा रोप्ने योजना छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE