बागलुङ । बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । गाउँपालिका १० स्थित आरुपाटा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या नौ र सोही गाउँपालिकाको वडा नम्बर ९ मा बाढी पहिरोमा परेर ज्यान गुमाउने दुई गरी ११ जनाको ज्यान गएको हो ।
प्रहरी उपरीक्षक ऋषिराम कंडेलका अनुसार विहीबार बिहान बेपत्ता सात वर्षिया मधु बुढा र साँझ १० वर्षीय मनोज बुढाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मङ्गलबार बिहान करिब साढे सात बजेको समयमा बस्ती माथिबाट आएको बाढी सहितको पहिरोले स्थानीय जोगबहादुर बुढाका छोरा बालिश्वरको दुई घर पुरिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
एक जनाको उपचारको क्रममा साँझ निधन भएको थियो । बेपत्ता चारमध्ये एकको बुधबार र दुई जनाको विहिबार शव फेला परेको हो । ज्यान गुमाउने सबै आरुपाटा निवासी छन् । मनोज र मधु सहित तीन वर्षीय आरुष, ७० वर्षीया मोतिदेबी कामी, ६ महिनाकी शिशु सिता विक, सात वर्षीया मालती बुढा, एघार वर्षीया सिता पुन, आठ वर्षीय अमल बुढा र ७८ वर्षीया जोगबहादुर बुढाको पहिरोमा परेर ज्यान गुमाएका छन् ।
पहिरोमा वेपत्ता सोही गाउँका ११ वर्षीय यमलाल बिक (सुमन) को खोजी भइरहेको प्रहरी उपरिक्षक कंडेलले बताए । घाइतेहरु मध्ये ३१ वर्षीया सिता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीया सङ्गीता बुढाको नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरी काठमाडौँ पुर्याइएको छ ।
उनिहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । बुधबार दिउँसो घाइते विरामीलाई भेट गरेका स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अस्पताल प्रशासनलाई घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए । नौ जना घाइतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र एक जनाको कास्की स्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:५६
उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका-३ मा घर छेउकाे नालीमा डुबेर दुई वर्षकाे एक नाबलककाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्पेक्ट...
मंसिर २३ गते, २०८२ - १७:४६
जर्मनी । जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पा...
मंसिर २३ गते, २०८२ - १७:४४
बैंकक । थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखे...
मंसिर २३ गते, २०८२ - १७:४१
चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अध...
मंसिर २३ गते, २०८२ - १७:३९
श्रीलंका । विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार ज...
मंसिर २३ गते, २०८२ - १७:३७
काठमाडाैँ । सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु हुनेकाे सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, ज...
मंसिर २३ गते, २०८२ - १७:३५
पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री ग...
मंसिर २३ गते, २०८२ - १७:३३
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन ...
मंसिर २३ गते, २०८२ - १७:३०
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओल...
मंसिर २३ गते, २०८२ - १७:२६
रामल्ला । इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजे...




प्रतिकृया लेख्नुहोस्: