Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

डेंगु संक्रमणको जोखिम बढेकाले नियन्त्रणका लागि सरकारी अस्पतालहरूमा निःशुल्क उपचार

खबरडबली संवाददाता

काठमाडाैं । डेंगु संक्रमणको जोखिम बढेकाले नियन्त्रणका लागि सरकारी अस्पतालहरूमा निःशुल्क उपचार सुरु गरिएको छ । देशभरका संघीय, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजहरूले डेंगुका बिरामीको निःशुल्क उपचार सुरु गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा संक्रमण कम देखिए पनि देशभरि नै संक्रमण रहेकाले उपचारमा सहजताका लागि नि:शुल्क उपचार सेवा सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल, प्रतिष्ठान र मेडिकल कलेजहरूसँग छलफल गरेर बिहीबारदेखि नि:शुल्क सेवा सुरु गरेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार डेंगु संक्रमण प्रत्येक वर्ष देखिन थाले पनि आममानिसले नियन्त्रणमा बेवास्ता गर्ने प्रवृत्तिका कारण जोखिम कायमै रहेकाले उपचार सेवा नि:शुल्क गरिएको हो । मन्त्रालयले सबै सरकारी कार्यालयहरूलाई ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने अभियानसमेत सुरु गर्न भनेको छ ।

‘संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पतालपरिसरमा सरसफाइ गर्नाका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न निर्देशन दिइएको हो,’ डा. बुढाथोकीले भने ।

गत वर्षको तुलनामा यो वर्ष डेंगु संक्रमणदर निकै न्यून भए पनि नियमित संक्रमण देखिइरहेका कारण नियन्त्रणका लागि सबै उपाय अपनाइरहेको डा. बुढाथाेकीले बताए । योसँगै अस्पतालहरूले सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र बिरामीको उपचार व्यवस्थापन गर्नेसमेत बताइएको छ ।

हालसम्म ७३ जिल्लामा दुई हजार ३६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै तनहुँमा एक ५० वर्षीय पुरुषको डेंगु संक्रमणबाट मृत्यु थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending