Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

चोरी सिकार रोक्न निकुञ्जद्वारा नयाँ योजना कार्यान्वयनमा

खबरडबली संवाददाता

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती ठाउँहरुको निगरानी हुने गरी रणनीति बनाइएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज कार्यालय र सुरक्षार्थ खटिएको नेपाली सेना संयुक्त रुपमा बसेर संवेदनशील ठाउँहरुको पहिचान गरी ती ठाउँहरुमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । हरेक हप्ता समीक्षा गर्दै सुरक्षा रणनीतिलाई फरक ढङ्गले कार्यान्वयन गरिँदै आएको उनले बताए । 

तिवारीका अनुसार जिप तथा गाडी सबै ठाउँमा पुग्न नसक्ने भएकाले यतिबेला हात्ती गस्तीलाई प्राथमिकता दिइएको छ । निकुञ्जमा ५४ वटा हात्ती छन् । तीमध्ये बच्चा, गर्भवती र अशक्त बाहेकलाई गस्तीमा प्रयोग गरिएको छ । यसैगरी, नदी तटीय क्षेत्रमा डुङ्गाको प्रयोग गरिँदै आएको छभने पैदल, साइकल गस्ती पनि नियमित हुँदै आएको छ । सम्भव हुने ठाउँहरुमा जिप  तथा गाडीमा समेत गस्ती भइरहेको उनले बताए । 

निकुञ्जभित्र ६७ स्थानमा पोष्ट छन् । ती पोष्टमा नेपाली सेना र निकुञ्ज कर्मचारी बसेर सुरक्षाको काम गरिरहेका छन् । निकुञ्जले लामो, मध्यम र छोटो पेट्रोलिङको काम गरिरहेको छ । दुई साताभन्दा बढी विभिन्न क्षेत्रमा रात बिताउने गरी गस्तीको काम भइरहेको छ । 

मध्यममा एक साता हाराहारी र छोटोमा एकदुई दिनको जङ्गलका ठाउँठाउँमा क्याम्प बनाएर बसेर सुरक्षा दिने गरिएको छ । निकुञ्जले कुनै ठाउँमा तत्काल परिचालन हुन परेमा तयारी हालतमा हात्तीसहितको टोली राख्ने गर्दछ । यसले विपत्मा समेत काम गर्ने गरेको छ । सिमलताल बस दुर्घटनामा निकुञ्ज क्षेत्रमा हात्तीसहितको यो टोलीले खोजीसमेत गरेको थियो । 

सूचना अधिकारी तिवारीका अनुसार आवश्यकतानुसार ड्रोन उडाउने समेत गरिँदै आएको छ । यससँगै एसपिवाई क्यामरा राखेर ठाउँठाउँमा निगरानी गरिँदै आएको छ । यो क्यामरा गोप्य रुपमा संवेदनशील क्षेत्रमा राखिन्छ । यसलाई निकालेर त्यहाँको अवस्था निगरानी गर्ने गरिएको छ ।

आवश्यकता परेको ठाउँमा स्थानीय सामुदायसँग सहकार्य गरेर गस्तीका काम गरिएका छन् । समुदायमा आधारित चोरीसिकार नियन्त्रण इकाइ चोरीसिकारी नियन्त्रण र सुराकीमा खटिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको मुख्य बासस्थान हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE