दुबई । अन्तर्राष्ट्रिय यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ को पहिलो छ महिनामा चार करोड ४९ लाख यात्रुको आवागमन भएको दुबई विमानस्थलका सञ्चालकले बुधबार जानकारी दिएको छ । यो अघिल्लो बर्षको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भएको दुबई विमानस्थलले जनाएको छ ।
सन् २०२३ को पहिलो छ महिनामा उक्त विमानस्थल भएर आवागमन गर्ने यात्रुको सङ्ख्या चार करोड १६ लाख रहेको थियो । “यस वर्षको पहिलो छ महिनामा हवाई आवागमनमा रेकर्ड तोड्ने गरी भएको प्रदर्शनले विश्वव्यापी उड्डयन मार्गको रूपमा हाम्रो रणनीतिक महत्वलाई उजागर गर्दछ,” प्रमुख कार्यकारी पल ग्रिफिथ्सले भने ।
उनले भने, “हामीसँग बाँकी वर्षका लागि धेरै आशावादी दृष्टिकोण छ, र हामी सन् २०२४ को लागि पूर्वानुमान गरिएको नौ करोड १८ लाख अतिथिहरूको आवागमनको वार्षिक रेकर्ड तोड्ने मार्गमा छौँ । सन् २०१८ मा यो विमानस्थलले आठ करोड ९१ लाख यात्रुलाई सेवा दिएको थियो, जुन महामारीअघिको सबैभन्दा व्यस्त वर्ष हो ।
गत अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएयता यस क्षेत्रमा उथलपुथल भए पनि पहिलो छ महिनामा वर्षको सकारात्मक नतिजा आएको हो । ग्रिफिथ्सले भने, “भारतजस्ता प्रमुख स्रोत बजारहरूको बलियो माग र चीनजस्ता बजारहरूको क्रमिक तर निश्चित पुनरुत्थानले हाम्रो सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ ।”
हवाई यात्रावृद्धिले दुबईलाई अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न प्रेरित गरेको छ, जसले २०१० देखि खाडी वित्तीय हबको हवाई ट्राफिकको अपेक्षाकृत हिस्सा प्राप्त गरेको छ । यसै वर्षको सुरुमा धनी संयुक्त अरब इमिरेट्स (युएई) ले दुबईको बाहिरी इलाकामा अल मकतूममा नयाँ टर्मिनलको काम सुरु भएको घोषणा गरेको थियो, जुन खाडी इमिरेट्सका शासकले लगभग ३५ अर्ब डलरको लागतमा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल हुने बताएका थिए ।
पूर्ण रुपमा सञ्चालनमा आएपछि विमानस्थलको वार्षिक २६ करोड यात्रु क्षमता हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । परियोजनाको पहिलो चरण १० वर्षमा तयार हुने अपेक्षा गरिएको छ, जसमा एक वर्षमा १५ करोड यात्रुहरूलाई सेवा दिने क्षमता छ ।
युएईका अधिकारीले यसले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्न चाहन्छन् । यसले वार्षिक १२ करोड यात्रुहरूलाई सेवा दिनसक्छ । शहरी वस्ती रहेका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक विस्तार असम्भब छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: