सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ७१ वर्षीया रत्नकुमारी थापाको घरमा शुक्रबार बिहान अचानक कोलाहल मच्चियो । एकाबिहानै छिमेकीहरू दौडेर आउँदा रत्नकुमारीको शव रगताम्य अवस्थामा फेला पर्यो ।
घटनाले छिमेकी सबैलाई स्तब्ध बनायो । प्रहरी अनुसन्धानबाट खुलासा भयो कि यो हत्या लुटपाटको उद्देश्यले गरिएको थियो ।
रत्नकुमारीले केही दिनअघि मात्र बृद्धाभत्ताको रकम १२ हजार रुपैयाँ बुझेकी थिइन् । केही दिनअघि छोरीले ५० हजार रुपैयाँ सापटी फिर्ता लिएकी थिइन् । सबैगरी करिब ६२ हजार रूपैयाँ र करिब ३ तोला सुन पनि लुटेको थाहा भयो ।
झ्यालबाट छिरेर पैसा र गहना लुटेको र आफ्नो पोल खुल्ने डरले हत्या गरेको आरोपमा स्थानीय ३६ वर्षीय सञ्जीव देउजालाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्यो ।
आफ्नो पोल खुल्ने डरले कुटपिट गरी हत्या गरेर उनी काठमाडौं भागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘उनले पैसा र गहना लुटेपछि आफ्नो पहिचान खुल्ने डरले हत्या गरेको बयान दिएका छन्’ उनले खड्काले भने ।
रत्नकुमारीको निर्मम हत्या गरेर फरार सञ्जीव काठमाडौंको गोंगबुमा लुकेर बसेका थियो । घटनाको चार दिनपछि, साउन २१ गते बिहान उनी पक्राउ परेका हुन् । वृद्धाको हत्यालाई लिएर सदनमा समेत कुरा उठेपछि प्रहरीमाथि दबाब बढैको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: