सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ७१ वर्षीया रत्नकुमारी थापाको घरमा शुक्रबार बिहान अचानक कोलाहल मच्चियो । एकाबिहानै छिमेकीहरू दौडेर आउँदा रत्नकुमारीको शव रगताम्य अवस्थामा फेला पर्यो ।
घटनाले छिमेकी सबैलाई स्तब्ध बनायो । प्रहरी अनुसन्धानबाट खुलासा भयो कि यो हत्या लुटपाटको उद्देश्यले गरिएको थियो ।
रत्नकुमारीले केही दिनअघि मात्र बृद्धाभत्ताको रकम १२ हजार रुपैयाँ बुझेकी थिइन् । केही दिनअघि छोरीले ५० हजार रुपैयाँ सापटी फिर्ता लिएकी थिइन् । सबैगरी करिब ६२ हजार रूपैयाँ र करिब ३ तोला सुन पनि लुटेको थाहा भयो ।
झ्यालबाट छिरेर पैसा र गहना लुटेको र आफ्नो पोल खुल्ने डरले हत्या गरेको आरोपमा स्थानीय ३६ वर्षीय सञ्जीव देउजालाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्यो ।
आफ्नो पोल खुल्ने डरले कुटपिट गरी हत्या गरेर उनी काठमाडौं भागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘उनले पैसा र गहना लुटेपछि आफ्नो पहिचान खुल्ने डरले हत्या गरेको बयान दिएका छन्’ उनले खड्काले भने ।
रत्नकुमारीको निर्मम हत्या गरेर फरार सञ्जीव काठमाडौंको गोंगबुमा लुकेर बसेका थियो । घटनाको चार दिनपछि, साउन २१ गते बिहान उनी पक्राउ परेका हुन् । वृद्धाको हत्यालाई लिएर सदनमा समेत कुरा उठेपछि प्रहरीमाथि दबाब बढैको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: