पोखरा । विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा तेस्रो संस्करणको प्रतिस्पर्धा हुने भएको छ । लोमान्थाङ गाउँपालिका ५ लोवथाङमा भदौ १ गते प्रतियोगिता हुन लागेको हो ।
सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो । ४ हजार ७ सय मिटर उचाइमा प्रतियोगिता गर्न लागिएको मुस्ताङ गल्फ कोर्सका निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए । उनका अनुसार यो वर्ष झण्डै ६० एम्योचर गल्फरले सहभागिता जनाउँदै छन् ।
‘सँधै नेपाली गल्फर मात्रै हुन्थे । यो वर्षदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको छ,’ उनले भने, ‘भारत र अमेरिकाबाट गैरआवासीय नेपालीहरु सहभागी हुनेछन् ।’ मुस्ताङमा पर्यटनको विकास गर्नका लागि गल्फ प्रतियोगिताको परिकल्पना गरिएको विष्टले बताए । ‘अब ट्रेकिङ रुटहरु मासिँदै गएका छन् । हामी पनि अन्यत्र सिफ्ट हुनुपर्ने छ,’ उनले भने, ‘सबैभन्दा उत्तम विकल्प गल्फ हो भन्ने लागेर सुरुआत गरिएको छ ।’ उनले कोर्सलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गराउन प्रयास भइरहेको सुनाए ।
‘जसरी आन्तरिक तथा बाह्य पर्यटकहरु रोजाई अहिले लुम्बिनी र सगरमाथा पर्छ त्यस्तै गरी मुस्ताङ गल्फ कोर्सले परिचय थप्छ भन्ने विश्वास हामीलाई छ,’ उनी भन्छन्, ‘खेलकुदबाट पनि नेपालको प्रचार अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिन्छ । त्यसका लागि गिनिज बुकमा दर्ज गराउन लागिरहेका छौँ ।’ ३६० डिग्रीमा हिमाल देखिने लोवथाङलाई सरकारले प्रवर्द्धन गर्न सके विश्वका गल्फरको सपनाको गन्तव्य बनाउन सकिने विष्टको तर्क छ ।
तेस्रो संस्करणको प्रतियोगितामा महिला र पुरुष विधाका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लंगेस्ट ड्राइभको पुरस्कार छ । यस्तै, प्रतियोगिताका ‘होल इन वान’ लाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - २१:०६
काठमाडौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । ...
माघ ८ गते, २०८१ - २१:००
इस्तानबुल । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्र...
माघ ८ गते, २०८१ - २०:५५
गुल्मी । गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ । बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु...
माघ ८ गते, २०८१ - २०:४७
उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४...
माघ ८ गते, २०८१ - २०:३३
सिराहा । सिराहाको गोलबजार नगरपालिका–११ बल्कवास्थित मैनाबत्ती खोला किनारमा लाग्ने भवरी मेलाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । मेलामा झगडा ...
माघ ८ गते, २०८१ - २०:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् ...
माघ ८ गते, २०८१ - २०:१०
काठमाडाैं । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट ...
माघ ८ गते, २०८१ - २०:०६
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर...
माघ ८ गते, २०८१ - १९:५३
अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू वि...
माघ ८ गते, २०८१ - १९:४६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन स्वतन्त्र पूर्वक हुने भएकाे छ । क्रान्तिकारीको निर्वाचनबारे छ...
प्रतिकृया लेख्नुहोस्: