सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका- ८ की ५७ वर्षीया जयमाला गुप्ताको मृत्युको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार कञ्चनरूप नगरपालिका- ८ का संजिव साहलाई पक्राउ गरेको हो ।
साहलाई पक्राउ गरेर सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत ९ जेठको राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर आउने क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फतेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो ।
त्यसपछि उनको परिवारजन निरन्तर न्यायको लागि गुहार गरिरहेको थियो । केही दिनअघि उनको छोरा डा. तुलाकृष्ण गुप्ताले राजविराजमा पत्रकार सम्मेलन गर्दै आमालाई ठक्कर दिने मोटरसाइकल धनीको प्रभावमा परी प्रहरीले अनुसन्धान नगरिरहेको गुनासो गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८२ - १९:०१
काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ...
आषाढ़ १० गते, २०८२ - १८:५८
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्त...
आषाढ़ १० गते, २०८२ - १८:५४
गौर । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर...
आषाढ़ १० गते, २०८२ - १८:५१
धनकुटा । एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । असार ८ गते राति ११ बज...
आषाढ़ १० गते, २०८२ - १८:४७
माेरङ । मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रङ्गेली नगरपालि...
आषाढ़ १० गते, २०८२ - १८:४४
भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...
आषाढ़ १० गते, २०८२ - १८:४१
ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छ...
आषाढ़ १० गते, २०८२ - १८:३८
सङ्खुसवासभा । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु...
आषाढ़ १० गते, २०८२ - १८:३५
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्य...
आषाढ़ १० गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ । बैठकमा सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, ...
प्रतिकृया लेख्नुहोस्: