काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीपहिरोलगायत मनसुनजन्य विपत्तिका घटनाका पीडित नागरिकलाई शीघ्र राहत उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद राधेश्याम पासवानले देशका विभिन्न स्थानमा बाढीपहिरोले धेरै जनधनको क्षति भएको र कतिपय पीडितले अझैपनि राहत नपाएको भन्दै उनीहरुलाई चाडो राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले हालै भएको सौर्य एयरलाइन्सको विमान तथा त्रिशूली नदीमा बस दुर्घटना र बाढी पहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
सांसद भगवती न्यौपानेले संविधान संशोधन संविधानमै व्यवस्था भएकाले यस विषयमा अनर्गल प्रचार नगर्न आग्रह गरिन् । उनले संविधान जारी भएको झण्डै १० वर्षमा यसलाई समृद्ध बनाउन विभिन्न पक्षबाट माग भइआएको सन्दर्भमा देश र जनताको हितमा रहेर संविधान संशोधन गरी प्राप्त उपलब्धिको संस्थागत विकास र जचाहना अनुरुप अगाडि बढन्पर्ने बताइन् ।
सांसद न्यौपानेले संविधानअनुरुप राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र जातको हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न र कमजोरी रहेका विषयलाई संशोधन गरेर यसलाई सकारात्मक रुपमा अगाडि बढाउन सकिने धारणा राखे । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले स्वीकृत गरेको थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गरे ।
मन्त्री चौरसियाले दुई आयोगको समयावधि असार मसान्तसम्म रहेको र शान्तिप्रक्रियाका थाती काम सम्पन्न गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्को असार २७ गतेको बैठकको निर्णयबाट विस २०८० असार मसान्तसम्म कार्याअवधि थप गर्ने निर्णय भएअनुरुप बाधा अड्काउ फुकाउ आदेश पेश गरेको बताए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते बिहीबार १ बजेर १५ मिनेटमा बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: