एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सि-१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरुले कल साइन एजेएएक्स १४३१ अनुगमन सुरु गरेका छन् ।
प्रधानमन्त्री हसिना र उनकी बहिनी मुलुकमा जारी हिंसाका बिच बङ्गलादेशबाट भागेका थिए । स्रोतका अनुसार विमान दिल्लीतर्फ गइरहेको थियो । हसिना र उनको दलका केही सदस्य उक्त विमानमा सवार रहेको बताइएको छ । विमान दिल्लीको धावनमार्गमा स्थानीय समयअनुसार करिब पाँचदेखि सवा पाँच बजेको बिचमा पुग्ने अनुमान गरिएको छ ।
बङ्गलादेशको वायु सेनाको विमानले पटना पार गरेको छ र त्यसलाई उत्तर प्रदेश-बिहार सीमा नजिकै ट्र्याक गरिएको छ । स्रोतका अनुसार शीर्ष सुरक्षा अधिकारीहरुले स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन् र ‘सबै राडार सक्रिय भएका छन् र तिनीहरुले नजिकबाट नियालिरहेका छन् ।’ यसैबिच हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीहरुले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुशीयाली मनाएका छन् ।
स्थानीय बङ्गलादेश समाचार आउटलेट प्रोथोम अलोका अनुसार प्रदर्शनकारीहरुले ३२ धानमन्डीमा बङ्गबन्धु शेख मुजिबर रहमान स्मृति सङ्ग्रहालयमा आगजनी गरेका छन् । संग्रहालयमा भीषण आगो लागेको र प्रदर्शनकारीहरुले नाराबाजी गरेको प्रोथोम अलोले बताएको छ । आन्दोलनकारीहरुले सोमबार अपराह्न करिब चार बजे अवामी लिगको ढाका जिल्ला कार्यायलमा पनि आगो लगाइदिएका छन् ।
यसै क्रममा आगो नजिकैको ग्यास सिलिन्डरको पसलमा पनि फैलिएको छ । शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरुले गणभवनको मैदानमा हात उठाएर खुशीयाली मनाएको देखिएको प्रोथोम अलोले बताएको छ ।
यसअघि बङ्गलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिए । सोमबार उनले अब राजनीतिक सङ्क्रमणकाल जारी रहेको र अन्तरिम सरकार गठन हुने बताए । उनले भने, “सबै हत्याको न्याय हुनेछ ।” सेना प्रमुखले टेलिभिजनमा दिनुभएको आफ्नो सम्बोधनमा सेनामाथि विश्वास गर्न र हिंसाबाट टाढा रहन आग्रह गर्नुभयो ।
“मुलुकमा शान्ति र व्यवस्था कायम गरौँ, मलाई विश्वास गर्नुहोस्, आउनुहोस् मिलेर काम गरौँ”, उनले भने, “कृपया सहयोग गर्नुहोस्, लडाइँले केही प्राप्त हुँदैन, द्वन्द्वबाट बचौँ, हामीले मिलेर सुन्दर देश बनायौँ ।” पत्रकारहरुको एक प्रश्नको जवाफमा उनले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी), जातीय पार्टी र जमात-ए-इस्लामीका प्रतिनिधिहरुसँग भेट गरेको बताए ।
बैठकमा शिक्षक अफिस नजरुल र जोनेद साकी पनि उपस्थित हुनुहुन्थ्यो तर विद्यार्धी प्रतिनिधिहरुसँग सम्पर्क हुन सकेन । सेना अध्यक्ष जमानले भने, “अब हामी बङ्गभवन जानेछौँ, त्यहाँ अन्तरिम सरकार गठनबारे विस्तृत चर्चा हुनेछ ।” बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले देशवासीहरुलाई शान्त रहन आह्वान गरे । उनले एक सन्देशमा सेना प्रमुख जनरल वकार–उज–जमानसँगको भेटमा आफूहरु सहभागी भएको र भेट राम्रो भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: