Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

खबरडबली संवाददाता

एजेन्सी । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सि-१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरुले कल साइन एजेएएक्स १४३१ अनुगमन सुरु गरेका छन् । 

प्रधानमन्त्री हसिना र उनकी बहिनी मुलुकमा जारी हिंसाका बिच बङ्गलादेशबाट भागेका थिए । स्रोतका अनुसार विमान दिल्लीतर्फ गइरहेको थियो । हसिना र उनको दलका केही सदस्य उक्त विमानमा सवार रहेको बताइएको छ । विमान दिल्लीको धावनमार्गमा स्थानीय समयअनुसार करिब पाँचदेखि सवा पाँच बजेको बिचमा पुग्ने अनुमान गरिएको छ । 

बङ्गलादेशको वायु सेनाको विमानले पटना पार गरेको छ र त्यसलाई उत्तर प्रदेश-बिहार सीमा नजिकै ट्र्याक गरिएको छ । स्रोतका अनुसार शीर्ष सुरक्षा अधिकारीहरुले स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन् र ‘सबै राडार सक्रिय भएका छन् र तिनीहरुले नजिकबाट नियालिरहेका छन् ।’ यसैबिच हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीहरुले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुशीयाली मनाएका छन् । 

स्थानीय बङ्गलादेश समाचार आउटलेट प्रोथोम अलोका अनुसार प्रदर्शनकारीहरुले ३२ धानमन्डीमा बङ्गबन्धु शेख मुजिबर रहमान स्मृति सङ्ग्रहालयमा आगजनी गरेका छन् । संग्रहालयमा भीषण आगो लागेको र प्रदर्शनकारीहरुले नाराबाजी गरेको प्रोथोम अलोले बताएको छ । आन्दोलनकारीहरुले सोमबार अपराह्न करिब चार बजे अवामी लिगको ढाका जिल्ला कार्यायलमा पनि आगो लगाइदिएका छन् । 

यसै क्रममा आगो नजिकैको ग्यास सिलिन्डरको पसलमा पनि फैलिएको छ । शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरुले गणभवनको मैदानमा हात उठाएर खुशीयाली मनाएको देखिएको प्रोथोम अलोले बताएको छ । 

यसअघि बङ्गलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिए । सोमबार उनले अब राजनीतिक सङ्क्रमणकाल जारी रहेको र अन्तरिम सरकार गठन हुने बताए । उनले भने, “सबै हत्याको न्याय हुनेछ ।” सेना प्रमुखले टेलिभिजनमा दिनुभएको आफ्नो सम्बोधनमा सेनामाथि विश्वास गर्न र हिंसाबाट टाढा रहन आग्रह गर्नुभयो । 

“मुलुकमा शान्ति र व्यवस्था कायम गरौँ, मलाई विश्वास गर्नुहोस्, आउनुहोस् मिलेर काम गरौँ”, उनले भने, “कृपया सहयोग गर्नुहोस्, लडाइँले केही प्राप्त हुँदैन, द्वन्द्वबाट बचौँ, हामीले मिलेर सुन्दर देश बनायौँ ।” पत्रकारहरुको एक प्रश्नको जवाफमा उनले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी), जातीय पार्टी र जमात-ए-इस्लामीका प्रतिनिधिहरुसँग भेट गरेको बताए । 

बैठकमा शिक्षक अफिस नजरुल र जोनेद साकी पनि उपस्थित हुनुहुन्थ्यो तर विद्यार्धी प्रतिनिधिहरुसँग सम्पर्क हुन सकेन । सेना अध्यक्ष जमानले भने, “अब हामी बङ्गभवन जानेछौँ, त्यहाँ अन्तरिम सरकार गठनबारे विस्तृत चर्चा हुनेछ ।” बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले देशवासीहरुलाई शान्त रहन आह्वान गरे । उनले एक सन्देशमा सेना प्रमुख जनरल वकार–उज–जमानसँगको भेटमा आफूहरु सहभागी भएको र भेट राम्रो भएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending