तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा आज बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र आमनागरिकको नैसङ्र्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताए । उनले भने, “गुणस्तरीय स्वस्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न अस्पतालका भौतिक संरचना बनाएर मात्रै हुँदैन भएका संरचनाको उपयोग गरी सहज सेवा प्रवाहको वातावरण तयार गर्ने प्रयासमा रहेका छौँ ।”
आमनागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन स्वास्थ्य बीमालाई व्यवस्थित गरिने उनको प्रतिबद्धता थियो । “स्वास्थ्य बीमालाई व्यवस्थित, बीमितको प्रिमियमलाई व्यवस्थित गर्न स्वास्थ्य बीमालाई बीमाको सिद्धान्तअनुसार अगाडि बढाउनुपर्नेछ । त्यसका लागि स्वास्थ्य बीमा क्षेत्रमा हाल देखिएका समस्या र गुनासा सम्बोधनमा जोड दिनेछौँ”, उनले भने ।
केही वर्षपछि चिकित्सक नै अस्पतालमा अभाव हुने अवस्था देखिने चिन्ता व्यक्त गर्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा अध्ययनलाई सहज बनाउन आवश्यक रहेको धारणा राखे । उनले भने, “केही वर्षमा चिकित्सा शिक्षाका लागि विद्यार्थी नपाइने अवस्था आउन सक्छ । यसकारण दुई सय ५० शय्या क्षमताका अस्पतालमा चिकित्सा शिक्षा अध्ययन गराउने व्यवस्था हुनुपर्छ, यसले विदेशिने युवाको सङ्ख्यामा पनि कमी आउनसक्छ ।”
तीन तहका सरकारको सहकार्य तथा समन्वयमा सबै अस्पतालको सेवा विकासमा लाग्नुपर्नेमा मन्त्री पौडेलको जोड थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको बनाउन प्रस्ताव माग भएको उनले जानकारी गराए । यसैगरी, देश चुनौतीपूर्ण बिन्दुमा रहेकाले दोस्रो कांग्रेसले ठूलो पार्टीसँग सरकार गठनका लागि सहकार्य गरेको धारणा राख्दै मन्त्री पौडेलले राजनीतिक अस्थिरता र बेतिथिलाई रोक्ने गरी सरकारले काम गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: